भगवती मानव कल्याणले निःशुल्क ‘राष्ट्र सेवा, शक्ति साधना नशामुक्ति शिविर’ आयोजना गर्दै
२०८२ वैशाख २९ सोमवार
- सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी संगठनले आगामी जेठ २ र ३ गते निःशुल्क रुपमा ‘राष्ट्र सेवा, शक्ति साधना नशामुक्ति शिविर’ को आयोजना गर्ने जानकारी दिएको हो ।
काठमाडौं : भगवती मानव कल्याण संगठनले निःशुल्क रुपमा ‘राष्ट्र सेवा, शक्ति साधना नशामुक्ति शिविर’ को आयोजना गर्ने भएको छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी संगठनले आगामी जेठ २ र ३ गते निःशुल्क रुपमा ‘राष्ट्र सेवा, शक्ति साधना नशामुक्ति शिविर’ को आयोजना गर्ने जानकारी दिएको हो ।
संगठनका अनुसार जीवनको हरेक पक्षबाट निराश भएका, संघर्षहरुबाट जुधिरहेका वा योग–ध्यान–साधना, कुण्डलिनी जागरण र अध्यात्मको क्षेत्रमा बढ्ने इच्छा राखेका व्यक्तिको लागि यो शिविर उपयोगी हुनेछ ।
यस्तै, नशाबाट ग्रसित, अनेक प्रयास गर्दासमेत नशाबाट मुक्त हुन सकेको छैन भने त्यस्तो व्यक्तिले शिविरमा सम्मिलित भएर नशामुक्त हुने महत्वपूर्ण अवसर प्राप्त सक्ने संगठनले जनाएको छ ।
यस शिविरमा २५ हजारभन्दा अधिक व्यक्तिहरुको सहभागिता रहने संगठनको दाबी छ । शिविरमा उपस्थित हुने सबै श्रद्धालुहरुका लागि शिविर स्थलमा नै आवास एवम् भोजनको निःशुल्क व्यवस्था रहने छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’