स्वास्थ्य सेवा पहुँचयोग्य र गुणस्तरीय हुनुपर्छ : पेम्बा गुरुङ
२०८२ वैशाख २९ सोमवार
- उदघाटन समारोहमा बोल्दै गुरुङले स्वास्थ्य सेवा पहुँचयोग्य र गुणस्तरीय हुनुपर्ने बताए ।
- ‘हाम्रो माग अब साकार बन्दैछ । बुढीगंगाले जुन खालको सहमती र सहभागिताको माध्यमबाट विकासलाई अघि बढाएको छ, त्यो अरु स्थानीय तहका लागि पनि उदाहरणीय छ ।’
बाजुरा :बाजुराको बुढिगंगा नगरपालिका २ नम्बर वडामा निर्मित आधारभूत स्वास्थ्य केन्द्रको उदघाटन गरिएको छ । भवनको संविधानसभा सदस्य पेम्बा गुरुङ भोटेले गरेका हुन् ।
उदघाटन समारोहमा बोल्दै गुरुङले स्वास्थ्य सेवा पहुँचयोग्य र गुणस्तरीय हुनुपर्ने बताए ।
‘हाम्रो माग अब साकार बन्दैछ । बुढीगंगाले जुन खालको सहमती र सहभागिताको माध्यमबाट विकासलाई अघि बढाएको छ, त्यो अरु स्थानीय तहका लागि पनि उदाहरणीय छ ।’
कार्यक्रममा संविधान सभा सदस्य गुरुङले सबै राजनीतिक दलहरूबिचको सहकार्य र स्थानीय जनप्रतिनिधिहिरूको साझा प्रयासले सम्भव भएको भन्दै आगामी दिनमा पनि यस्ता काममा निरन्तरता दिनुपर्ने बताए ।
उनले स्वास्थ्य संस्थाहरूमा आवश्यक जनशक्ति, औषधी र उपकरणको समेत सुनिश्चितता गर्न सरकारलाई आग्रह गरे ।
‘भवन निर्माण गरेर सेवा प्रवाहमा गुणस्तर ल्याउने पहल गरेको देख्दा मलाई अत्यन्तै खुसी लागेको छ । यसले विकासको नयाँ ढोका खोल्नेछ । अब भवन मात्रै होइन, सेवा प्रवाहमा पनि उत्कृष्टता ल्याउनु आवश्यक छ । स्थानीय सरकार नागरिकसँग नजिकको सरकार हो, यसको जवाफदेहीता अझ बढ्नुपर्छ,’ उनले भने ।
यसै क्रममा, नगरपालिकमा भित्रका २, ४, ५, ९ र १० नम्बर वडाका कार्यालयहरू, २ र १० नम्बर वडामा निर्मित आधारभूत स्वास्थ्य सेवा केन्द्रहरू, र बुढीगंगा सीप विकास तालिम केन्द्रको पनि औपचारिक उदघाटन गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’