अपाङ्गता भएका र विपन्न बालबालिकालाई खाद्यान्न र शैक्षिक सामाग्री
२०८२ वैशाख २९ सोमवार
- कालिकोटको शुभ कालिकाका गाउँपालिका वडा नं.४ र ५ का आमाबुवा विहीन, अपाङ्गता भएका र अति विपन्न परिवारका ८३ बालबालिकालाई खाद्यान्न र शैक्षिक सामाग्री सहयोग गरिएको भिडिसेफका कार्यक्रम व्यवस्थापक राजेन्द्र सहकारीले बताए ।
सुर्खेत : आर्थिकरुपमा विपन्न र अपाङ्गता भएका बालबालिकालाई गैरसरकारी संस्थाले सहयोग गरेको छ । बालिबालिकाका र शिक्षा क्षेत्रमा काम गरिरहेको भिडिसेफ नेपालले सेभ द चिल्ड्रेनको सहयोगमा खाद्यान्न र शैक्षिक सामाग्री वितरण गरेको हो ।
कालिकोटको शुभ कालिकाका गाउँपालिका वडा नं.४ र ५ का आमाबुवा विहीन, अपाङ्गता भएका र अति विपन्न परिवारका ८३ बालबालिकालाई खाद्यान्न र शैक्षिक सामाग्री सहयोग गरिएको भिडिसेफका कार्यक्रम व्यवस्थापक राजेन्द्र सहकारीले बताए ।
शुभकालिकाका विपन्न र जोखिम बालबालिकालाई प्रतिव्यक्ति झोला, कापी, डटपिन, पेन्सिल, ज्यामिती, विद्यालय पोसाक, टिफिन बक्स, मसिनो चामल १ बोरा, दाल ५ केजी, तेललगायतका सामग्री वितरण गरिएको हो । शुभकालिका गाउँपालिका–४ का ३० जना र वडा नं ५ का २० जना अति जोखिममा रहेका बालबालिकालाई शैक्षिक सामग्री दिइएको हो ।
शुभकालिका वडा नं.४ का १८ र ५ का १५ जना अति जोखिममा रहेका बालबालिकालाई खाद्यान्न सामग्री वितरण गरिएको छ । सहयात्रा तेस्रो परियोजनाअन्तर्गत शिक्षा थिममार्फत ४ र ५ मा जम्मा ५० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
परियोजनाको बालअधिकार शासन र बालसंरक्षण थिमअन्तर्गत ३२ जना बालबालिकालाई खाद्यान्न वितरण गरिएको राम सुनारले बताए । शुभकालिका गाउँपालिका–४ र ५ मा जम्मा ३ लाख २५ हजार रुपैयाँको खाद्यान्न र शैक्षिक सामग्री वितरण गरिएको संस्थाका प्रमुख राजेन्द्र सहकारीले जानकारी दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।