मुगुका चार स्थानीय तहमा १ अर्ब ३० करोडभन्दा बढी बेरुजु, सबैभन्दा बढी सोरु गाउँपालिकामा
२०८२ वैशाख २७ शनिवार
- गाउँपालिका राष्ट्रिय महासंघको आयोजनामा शुक्रबार मुगुको सदरमुकाम गमगढीमा आयोजित स्थानीय सरकारमा वित्तीय अनुशासन, बेरुजु फस्र्यौट र सुशासन प्रवद्र्धन विषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा उक्त विवरण सार्वजनिक गरिएको हो ।
मुगु : मुगु जिल्लाका चार स्थानीय तहमा कूल १ अर्ब ३० करोड १५ लाख २० हजार रुपैयाँ बराबरको बेरुजु रकम रहेको तथ्य सार्वजनिक भएको छ । महालेखा परिक्षणको कार्यालयको प्रतिवेदनअनुसार सो बेरुजु रकम स्थानीय तह लागू भएदेखि आर्थिक वर्ष २०७९÷८० सम्मको हो ।
गाउँपालिका राष्ट्रिय महासंघको आयोजनामा शुक्रबार मुगुको सदरमुकाम गमगढीमा आयोजित स्थानीय सरकारमा वित्तीय अनुशासन, बेरुजु फस्र्यौट र सुशासन प्रवद्र्धन विषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा उक्त विवरण सार्वजनिक गरिएको हो । कार्यक्रममा महालेखा परिक्षकको कार्यालयका निर्देशक जयनाथ घिमीरेले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
मुगुका चार स्थानीय तहहरूमध्ये सबैभन्दा बढी बेरुजु रकम सोरु गाउँपालिकामा फेला परेको छ । सो गाउँपालिकाको बेरुजु रकम ६१ करोड २२ लाख ९३ हजार रहेको छ । त्यसपछि खत्याड गाउँपालिकाको ४२ करोड ९० लाख ६६ हजार, छायाँनाथ रारा नगरपालिकाको १९ करोड ३५ लाख २३ हजार, र सबैभन्दा कम मुगुम कार्मारोङ गाउँपालिकाको ६ करोड ६६ लाख ३८ हजार बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ ।
बेरुजु रकममध्ये केही असुली गर्नुपर्ने, केही प्रमाण कागजात पेश गर्नुपर्ने, केही नियमित गर्नुपर्ने र केही पेस्की रकम समेटिएको महालेखा परिक्षकको कार्यालयले जनाएको छ । कार्यक्रममा स्थानीय सरकारहरूमा वित्तीय अनुशासन पालना गराउन र पारदर्शिता अभिवृद्धि गर्न आवश्यक सुधारको खाँचो औंल्याइएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’