पहिलो ‘लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आयोजना हुँदै
२०८२ वैशाख २६ शुक्रवार
- शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै नागरिक सम्बृद्धि र समृद्ध नेपालकालागि समाजका हरेक पक्षलाई उजागर गर्दै बहुआयामिक परिवर्तन र समाजको रुपान्तरणमा केही योगदान पु¥याउन सकिन्छ भन्ने उद्देश्यले नेपाल प्रेस यनियल यो समिट आयोजना गर्न लागेको जानकारी गराएको हो ।
काठमाडौं : पहिला पटक नेपाल प्रेस युनियनले ‘लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आयोजना गर्न गइरहेको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै नागरिक सम्बृद्धि र समृद्ध नेपालकालागि समाजका हरेक पक्षलाई उजागर गर्दै बहुआयामिक परिवर्तन र समाजको रुपान्तरणमा केही योगदान पु¥याउन सकिन्छ भन्ने उद्देश्यले नेपाल प्रेस यनियल यो समिट आयोजना गर्न लागेको जानकारी गराएको हो ।
यो समिट काठमाडौदेखि पोखरा हुँदै मुस्ताङसम्म वैशाख २७ गते देखि ३० गतेसम्म चल्नेछ । विश्वको बदलिदो परिवेशमा प्रविधिले निम्त्याएको अवसर र चुनौती तथा दक्षिण एसियामा मिडियाले भोग्न परेका समस्या, दक्षिण एसियाको पत्रकारिताको प्रभाव बारेमा दक्षिण एसियासहित विभिन्न ६ मुलुकबाट आएका विषय विज्ञहरुको कार्यक्रममा प्रस्तुती रहनेछ ।
समिटमा नेपाली पत्रकारितामा पत्रकारहरुले भोग्न परेका कठिनाई अवसर र चुनौतीमा प्रस्तुती, छलफल र सुझाव सहितको निष्कर्ष निकाल्ने लक्ष्य राखिएको छ ।
वैशाख २७ गते ललितपुरको होटल हिमालयमा विहान ९ बजे समिटको औपचारिक समुदघाटन हुनेछ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवद्वारा समदघाटन हने समारोहमा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सव्वा गरुङ, परराष्ट्र मन्त्री डा.आरज राणा देउवा लगायत विभिन्न देशका पत्रकारहरुबाट सम्बोधन हुनेछ ।
उद्घाटन समारोह पछि ‘राजनैतिक दल, नागरिक समाज लोकतन्त्र र पत्रकारिता को कति नजिक को कति टाढा’ भन्ने विषयलाई केन्द्रमा राखेर प्रस्तुती तथा बहस हुनेछ । विदेशी पत्रकारसहित करिव एक सय पचास पत्रकार सहभागी हुने समिटको यात्रा काठमाडौदेखि पाखरा हुँदै मुस्ताङको लोमन्थाङसम्म हनेछ ।
समिटको दोस्रो दिन पर्यटकीय नगरी पोखरामा तीन वटा विषयगत सेसनमा प्रस्तुती तथा बहस हुनेछ । उक्त दिन पहिलो सत्र ‘जलवायु संकट र पत्रकारिता’ दोस्रो सत्रमा ‘एआई र न्यू मिडिया इन साउथ एसिया’ तेस्रो सत्रमा ‘प्रेस स्वतन्त्रता र पत्रकारिता, अभ्यास तथा चुनौती’ विषयमा प्रस्तुती तथा छलफल हुनेछ ।
त्यसैगरी समिटको तेस्रो दिन पोखरादेखि मुस्ताङस मिडिया यात्रा हुन्छ भने चौथा दिन मुस्ताङको जोमसोममा स्थानीय बासिन्दाको सहभागीतामा ‘जलवाय संकटमा मिडियाको भूमिका’ बारेमा बृहत अन्तक्रिया हुनेछ । सोही दिन लोमान्थाङ घोषणा पत्र जारी गरि कार्यक्रम सम्पन्न गर्ने योजना रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।