मानब बेचबिखनमाथि अनुसन्धान गर्न खोज्नेहरूका लागि ‘साहस’ एउटा ढोका हो : मीना पौडेल

२०८२ वैशाख २६ शुक्रवार
सारांश
  • शुक्रबार शिक्षा पत्रकार समूहको सभाहलमा लेखक पौडेलले पुस्तक ‘साहस’ को चर्चा गरेकी हुन् ।


काठमाडौं : समाजवादी विश्लेषक मीना पौडेलले आफ्नो पुस्तक ‘साहस’ को चर्चा गरेकी छन् । 


शुक्रबार शिक्षा पत्रकार समूहको सभाहलमा लेखक पौडेलले पुस्तक ‘साहस’ को चर्चा गरेकी हुन् ।


उक्त पुस्तकको चर्चा गर्दै पौडेलले रिर्सचका लागि आफ्नो पुस्तकले महत्वपूर्ण  भूमिका खेल्ने बताइन् । उनले नेपालमा मानव बेचबिखन, महिला बेचबिखनको अहिलेसम्मको बुझाईलाई पूरै नयाँ तरिकाले समेटेको समेत बताइन् ।


उनले भनिन् ‘नेपालमा मानव बेचबिखन, महिला बेचबिखनको अहिलेसम्मको बुझाईलाई पूरै नयाँ तरिकामा समेटेको छ । नेपालको राजनीतिक पद्धति, सामाजिक सांस्कृतिक संक्रमणकाल यो आप्रवासनको  बेतिथिमा मानव बेचबिखन के हो भनेर यो  पुस्तकले नयाँ परिभाषा दिएको छ । यो  पुस्तकले रिर्सचका लागि भूमिका खेल्ने छ ।’


साथै उनले  यो पुस्तकमा ज्ञानका थुप्रै पाटाहरु समेटिएको समेत बताइन् । उनले नेपालमा यस्तो खाले पुस्तक पहिलो भएको पनि दाबी गरिन् । 


उनले भनिन्, ‘नेपालमा यस्तो खाले पुस्तक पहिलो हो जसले केवल घटनाको विवरण होइन, गहिरो विश्लेषण र वैकल्पिक दृष्टिकोण पनि प्रस्तुत गर्छ । यो पुस्तक अनुसन्धानकर्ताहरूका लागि पनि सन्दर्भ सामग्री बन्नेछ । यो केवल व्यक्तिगत अनुभवको किताब होइन, बरु समष्टिगत पीडाको अभिव्यक्ति हो ।’


कार्यक्रममा सहभागी पत्रकार र शोधकर्ताहरूले पनि पुस्तकको विषयवस्तुलाई नेपालजस्तो मुलुकमा गम्भीर बहस सुरु गर्ने आधारको रूपमा लिन सकिने धारणा राखे ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार