भारतमा नेपाली विद्यार्थी सुरक्षित रहेको दाबी, सन्दिप विश्वविद्यालयमा ८ करोड को छात्रवृत्ति

२०८२ वैशाख २५ बिहीवार
सारांश
  • सन्दिप विश्वविद्यालय महाराष्ट्रले विहीबार काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी आठ करोड नेरु बराबरको छात्रवृत्ति घोषणासमेत गरेको हो ।


काठमाडौं : नेपाली विद्यार्थीहरुका लागि भारतीय विश्वविद्यालयहरु संवेदनशील रहेको र उनीहरुको सुरक्षाका लागि सतर्क रहेको प्रतिनिधिले बताएका छन् । 


सन्दिप विश्वविद्यालय महाराष्ट्रले विहीबार काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी आठ करोड नेरु बराबरको छात्रवृत्ति घोषणासमेत गरेको हो ।


सो विद्यालयका व्यवस्थापक आरएन झाले अन्य देशका भन्दा भारतीय विश्वविद्यालयहरुमा नेपाली विद्यार्थीलाई राम्रो ब्यवहार हुने दाबी गरे ।


झाले विभिन्न समयमा भारतका अन्य क्याम्पसहरुमा नेपाली छात्राहरुमाथि भएको हत्या तथा दुव्र्यवहारप्रति खेद प्रकट गर्दै भने,‘नेपाली छात्राहरुमाथि घटनाले हामीलाई स्तब्ध तुल्याएको छ । घटनाको छानविन गरि पीडितलाई न्याय र पीडकहरुलाई कारबाहीको दायरामा ल्याउन भारत सरकारले नै छानविन गर्दै छ ।’


‘अन्य विद्यालय विशेषप्रति म कुनै टिप्पणी त गर्न चाहन्न तर सन्दिप युनिभर्सिटीमा भने विद्यार्थीरुको सुरक्षा तथा पठनपाठनका लागि विशेष व्यवस्था रहेको छ,’ झाले थपे ।


सन्दिप विश्वविद्यालय महाराष्ट्रस्थित नाशिक र विहार मधुवनी गरेर दुइ ठाउँमा रहेको र ती दुवै प्रातमा नेपाली विद्यार्थीरुका लागि ८ करोड भारु तथा नेरु करिब १३ करोड बढीको छात्रवृत्तिको व्यवस्था गरेको झाले जानकारी दिए ।


उनले आर्थिक रुपले विपन्न तथा अब्बल नेपाली विद्यर्थीहरुका लागि सो छात्रवृत्तिको व्यवस्था गरेको जानकारी दिए ।


आफ्नो विश्वविद्यालयमा पढ्न आउने विद्यार्थीहरु निर्धक्क भएर आउनु अनुरोधसमेत झाले अनुरोध गरेका छन् । पछिल्लो समयमा नेपाली समाजमा भरतीय विद्यालयहरुप्रति नकारत्मक धारणा बन्दै गएकाले आफूहरु नेपालमै आएर सो विषयमा प्रष्ट पार्न पत्रकार भेटघाट कार्यक्रम राखेको बताए । 


विश्वविद्यालयका अर्का प्रतिनिधि अमित यादवले नेपाल र भारतबीचको भाषा, संस्कृति र रहनसनले सदियौंदेखि असल र मित्रता रहेकोले आफूहरुको मुख्य ध्यान तथा लगाव नेपाली विद्यार्थीमा रहेको बताए ।


यादबले महारष्ट्रस्थित सन्दिप युनिभर्सिटीमा २० हजार र बिहार मधुवानीमा ५ हजार विद्यार्थीहरु अध्ययनरत रहेको र दुवै विद्यालयमा २ सयबढी नेपाली विद्यार्थी अध्ययनरत रहेकोसमेत जानकारी दिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार