नेपाल लाइफ इन्भेस्टमेन्ट कम्पनी’ को केन्द्रिय कार्यालय उद्घाटन
२०८२ वैशाख २५ बिहीवार
- बिहीबार एक विशेष समारोहकाबीच ‘नेपाल लाइफ इन्भेस्टमेन्ट कम्पनी लिमिटेड’को कार्यालय उद्घाटन गरिएको हो ।
काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पूर्ण स्वामित्वमा स्थापना गरिएको ‘नेपाल लाइफ इन्भेस्टमेन्ट कम्पनी लिमिटेड’ केन्द्रिय कार्यालयको उद्घाटन गरिएको छ ।
बिहीबार एक विशेष समारोहकाबीच ‘नेपाल लाइफ इन्भेस्टमेन्ट कम्पनी लिमिटेड’को कार्यालय उद्घाटन गरिएको हो ।
उक्त उद्घाटन समारोहमा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले १ लाख ८६ हजार लगानीकर्ता नेपाल लाइफ इन्स्योरेन्स कम्पनीसँग जोडिएको बताए । उनले अहिले विमित भनेर १७ लाख जति पोलिसी होल्डर रहेको समेत बताए ।
उनले भने, ‘अहिले विमित भनेर १७ लाख जति पोलिसी होल्डर छन् भने १ लाख ८६ हजार लगानीकर्ता नेपाल लाइफ इन्स्योरेन्स कम्पनीसँग जोडिएको छ । लगानीकर्तालाई पनि उचित प्रतिफल दिन सकेको छ । कर्मचारीहरुलाई पनि उचित वातावरण निर्माण गरेको छ र विमकहरुलाई पनि सन्तोषजनक नै सेवा प्रदान गरिरहेको छ ।’
साथै, उनले नेपाल लाइफ इन्स्योरेन्स उत्कृष्ट कम्पनी हुनुमा विमित, एजेण्ड, लगानीकर्ता, कर्मचारी, सञ्चालक समिति सबैको ठूलो योगदान रहेको बताए ।
उनले भने, ‘नेपाल लाइफ इन्स्योरेन्स उत्कृष्ट कम्पनीको रुपमा यो स्थापित भैइसकेको छ । यसमा सबैभन्दा ठूलो योगदान, विमित, एजेण्ड, लगानीकर्ता, कर्मचारी, सञ्चालक समिति सबैको ठूलो योगदान रहेकोले यो आज उत्कृष्ट विमितहरुलाई पनि उचित प्रतिफल दिन सकेको छ ।’
नेपाल लाइफ इन्भेस्टमेन्ट कम्पनी लिमिटेड नेपालको बीमा तथा वित्तीय क्षेत्रमा थप योगदान दिने उद्देश्यले स्थापना गरिएको हो।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।