- शनिबार विराटनगरमा सम्पन्न पहिलो सूचना प्रविधि सम्मेलन (आईटी समीट) मा वक्ताहरूले प्रविधिको माध्यमबाट नेपालमै समृद्धि र रोजगारीको सम्भावना देखिएको बताएका हुन् ।
इटहरी : सूचना प्रविधिको क्षेत्रमा नेपालमा अपार सम्भावना रहेको भन्दै विशेषज्ञहरू र उद्यमीहरूले नेपाली युवाहरूले अब विदेश जानुपर्ने आवश्यकता नरहेको बताएका छन् ।
शनिबार विराटनगरमा सम्पन्न पहिलो सूचना प्रविधि सम्मेलन (आईटी समीट) मा वक्ताहरूले प्रविधिको माध्यमबाट नेपालमै समृद्धि र रोजगारीको सम्भावना देखिएको बताएका हुन् ।
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च, कोशी प्रदेशद्वारा आयोजित सम्मेलनको उद्घाटन प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गरेका थिए । उनले कोशी प्रदेशमा सूचना प्रविधिको युगको सुरुवात भएको बताउँदै सरकार प्रविधिमैत्री वातावरण निर्माणमा प्रतिबद्ध रहेको जनाए ।
सम्मेलनमा ‘विश्वव्यापी सूचना प्रविधिको प्रवृत्ति र स्थानीय सम्भावना’ विषयक छलफलमा सहभागी क्लाउड फ्याक्ट्रीका देशीय प्रबन्धक प्रशान्त पोखरेलले भविष्य योजनाका निर्माणकर्ताहरूको हुने बताए । ‘भिजन निर्माण गर्न सक्ने व्यक्ति नै सफल बन्ने हो,’ उनले भने ।
सूचना प्रविधिका वकालतकर्ता हेमपाल श्रेष्ठले प्रविधिको अवसरलाई संस्थागत रूपमा अगाडि बढाउनु पर्नेमा जोड दिए । ‘प्रदेश सरकार, स्थानीय निकाय र सामाजिक संस्थाहरूको सहकार्यमा प्रविधिको माध्यमबाट देशको भविष्य उज्यालो बनाउन सकिन्छ,’ श्रेष्ठले भने ।
स्टार्टअप उद्यमी आयुष भगतले प्रविधिको प्रयोगमार्फत नेपालमै रोजगारी सिर्जना गर्न सकिने उदाहरण प्रस्तुत गरे । उनले भने, ‘विदेश गएका केही युवाहरू समेत सम्भावना देखेर नेपाल फर्किरहेका छन् । यदि हामीले अवसर चिने भने रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता अन्त्य हुन्छ ।’
‘खल्ती एप’ का संस्थापक अमित अग्रवालले नेपालमै बसेर डलर कमाउन सकिने उदाहरण दिएका थिए । ‘अमेरिका गइ डलर कमाउनेभन्दा नेपालमै बसेर डलर कमाउनु अझ अर्थपूर्ण हुन्छ,’ अग्रवालले भने । उनले त्यसका लागि जागरूकता र लगनशीलता आवश्यक रहेको बताए ।
त्यस्तै, ‘उपाय कार्गो’ का सुमन रायमाझी र ‘खालीसिसि’ का संस्थापक अमुन थापाले पनि प्रविधिमार्फत हासिल गरेका सफलताहरूको अनुभव बाँडे ।
माइक्रोसफ्टका प्रमुख प्रविधि विशेषज्ञ समीर थापाले भने, प्रविधि अवसर मात्र नभई चुनौती पनि भएको भन्दै व्यक्तिगत तयारी र कौशल विकासमा जोड दिए ।
सम्मेलनमा ‘कोशी प्रदेशका सूचना प्रविधि अवसरहरू’ विषयमा प्रस्तुति दिँदै दिपेश पोखरेलले जनशक्तिलाई यहीँ रोजगारी सिर्जना गर्ने दिशामा अघि बढ्नुपर्नेमा बल दिएका थिए ।
सम्मेलनका आयोजक तथा युवा उद्यमी मञ्च कोशी प्रदेशका अध्यक्ष मुनान रिजालले कोशीलाई डिजिटल केन्द्रमा रूपान्तरण गर्ने दीर्घकालीन लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको जानकारी गराए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रसुवाका विभिन्न क्षेत्रमा बाढीपछि अवरुद्ध भएको विद्युत पुन: सुचारु
-
सम्पर्कविहिन रहेका आफन्तको पहिचानका लागि डिएनए परीक्षण गर्न आग्रह
-
प्रधानमन्त्री शाह र लामिछानेबीच भेटवार्ता
-
संसद बैठक छिटो बोलाउन काँग्रेसको माग, सभामुखसँग छलफल गर्ने
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।