जानकी नवमीमा राष्ट्रिय विदाको माग, जनकपुरमा दबाब र्‍याली

सारांश
  • र्‍यालीमा सहभागीहरूले ‘जननी जानकीको अपमान किन ?’, ‘जानकी नवमीलाई राष्ट्रिय विदा घोषणा गर !’, ‘हाम्रो आस्था–हाम्रो अधिकार’, ‘जानकी जन्मभूमिलाई राष्ट्रिय गौरव बनाऊ’ जस्ता माग गरेका थिए । उनीहरूले जानकी नवमीको अवसरमा वैशाख २३ गतेलाई राष्ट्रिय विदा घोषणा गर्न माग गर्दै सरकारलाई चेतावनी पनि दिए ।

जनकपुर : जानकी नवमी राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने माग गर्दै शनिवार जनकपुरधाममा एक दबाबमूलक र्‍याली निकालिएको छ । जानकी मन्दिर परिसरबाट सुरु भएको उक्त र्‍यालीमा साधु–सन्त, धर्मगुरु, विभिन्न धार्मिक संघसंस्था, नागरिक समाजका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।


र्‍यालीमा सहभागीहरूले ‘जननी जानकीको अपमान किन ?’, ‘जानकी नवमीलाई राष्ट्रिय विदा घोषणा गर !’, ‘हाम्रो आस्था–हाम्रो अधिकार’, ‘जानकी जन्मभूमिलाई राष्ट्रिय गौरव बनाऊ’ जस्ता माग गरेका थिए । उनीहरूले जानकी नवमीको अवसरमा वैशाख २३ गतेलाई राष्ट्रिय विदा घोषणा गर्न माग गर्दै सरकारलाई चेतावनी पनि दिए ।


जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले र्‍यालीको नेतृत्व गर्दै संघीय सरकारको चासोहीनताप्रति आक्रोश व्यक्त गरे । उनले भने, ‘जानकीको जन्मोत्सव हाम्रो धार्मिक, सांस्कृतिक र ऐतिहासिक अस्तित्वसँग प्रत्यक्ष जोडिएको पर्व हो । बुद्ध जयन्तीमा विदा हुन्छ । तर, जानकी नवमीमा किन हुँदैन? यो धार्मिक भेदभाव हो । आस्थाको अपमान हो ।’


महन्थ दासले जानकी नवमीको महत्व मिथिला वा तराईको सीमामा मात्र नदेखी सम्पूर्ण भारत–नेपालको साझा सांस्कृतिक परम्परासँग जोडिएको उल्लेख गरे । ‘राम जन्मभूमि अयोध्यालाई जति महत्त्व दिइन्छ, जानकी जन्मभूमि जनकपुरलाई पनि त्यत्तिकै सम्मान मिल्नुपर्छ,’ उनले भने ।


उनका अनुसार जानकी नवमी हिन्दू धर्मावलम्बीहरूका लागि अत्यन्तै पवित्र अवसर हो । यसको राष्ट्रिय मान्यता नदिँदा नेपाल सरकार हिन्दू जनताको भावनासँग खेलिरहेको छ । उनले भने, ‘यदि हाम्रो आवाज राज्यका कानसम्म पुगेन भने हामी बाध्य भएर सडकबाट आन्दोलन चर्काउनेछौं ।’


यसअघि वैशाख ७ गते साधु–सन्तहरूको टोलीले जिल्ला प्रशासन कार्यालय धनुषामार्फत प्रधानमन्त्रीलाई सम्बोधन गरिएको ज्ञापनपत्र बुझाएका थिए । उक्त ज्ञापनपत्रमा जानकी नवमीमा प्रत्येक वर्ष राष्ट्रिय विदा दिनुपर्ने र जनकपुरलाई राष्ट्रिय गौरवको सूचीमा राखिनुपर्ने माग गरिएको थियो । तर, अहिलेसम्म सरकारबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार