आजको मौसम : हावाहुरीसहित वर्षाको सम्भावना

२०८२ वैशाख २१ आईतवार
सारांश
  • हाल गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

काठमाडौं : हाल देशमा पश्चिमी वायुको साथै बङ्गालको खाडीबाट भित्रीरहेको जलवाष्पयुक्त वायुको प्रभाव रहेको जल तथ मौसम विज्ञान महाशाखाले जनाएको छ । 


हाल गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । 


आज दिउँसो, देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । कोशी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन–चट्याङ्ग् र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । देशका हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।


आज राती, देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशको पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको हिमाली भू–भागका एक–दुई स्थानमा स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार