पत्रकारिताको क्षेत्र असुरक्षित बन्दै गएको छ : अध्यक्ष शर्मा
२०८२ वैशाख २० शनिबार
- शनिबार विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरीको आयोजना गर्दै उनले पछिल्लो समय पत्रकारिताको क्षेत्र सुरक्षा नभएको महसुश पत्रकार महासंघले गरेको भन्दै यसमा सरकारको ध्यान जानुपर्ने बताइन् ।
काठमाडौं : नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले पत्रकारिताको क्षेत्र असुरक्षित बन्दै गएको बताएकी छन् ।
शनिबार विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरीको आयोजना गर्दै उनले पछिल्लो समय पत्रकारिताको क्षेत्र सुरक्षा नभएको महसुश पत्रकार महासंघले गरेको भन्दै यसमा सरकारको ध्यान जानुपर्ने बताइन् ।
उनले भनिन्, ‘पेशागत असुरक्षाका कारण पत्रकारले पेशामा भोग्नु परेको समस्याहरु पनि हामीले उल्लेख गरेका छौ यो वर्ष अझ बढि पत्रकारहरुका लागि पेशामा सुरक्षा नभएको महसुश पत्रकार महासंघले गरेको छ । अगाडि बसेर काम गर्ने पत्रकारहरुको लागि अझ बढि सुरक्षा नभएको जस्तो लागेको छ ।’
यस्तै, उनले पत्रकार माथि दुरव्यवहार र सञ्चार माध्यममाथि भएका अक्रमणका घटनामा अहिले पनि दण्डहिनताको अवस्था रहेको भन्दै यस्तो घटनामा संलग्न व्यक्तिलाई कानूनी दायरामा ल्याउन सरकारलाई आग्रह गरेकी छन् ।
आज विश्भर नै बढ्दो प्रविधिले मिडियामा कस्तो असर पारेको छ, यसले गर्दा पनि पत्रकारहरु असुरक्षित भएको हो की भन्ने बारेमा पनि महासंघले एक खालको छलफल गर्न लागेको पनि उनले जानकारी दिएकी छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
-
बेत्रावतीमा २४ शव फेला परेको घरधनिको परिचय खुल्यो
-
श्रम संस्कृतिमा नयाँ विवाद, किराँती समुहलाई केन्द्रीय कमिटी बैठकमा बोलाइएन
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।