- इलाका प्रहरी कार्यालय बारागढीबाट प्रहरी निरीक्षक कुसुम नायकको नेतृत्वमा खटिएको टोलीले आदर्शकोटवाल गाउँपालिका–३ स्थित वातारा क्षेत्रबाट एक ट्र्याक्टरमा लुकाएर राखेको अवस्थामा लागुऔषध गाँजा बरामद गरेको हो ।
रौतहट : बारा प्रहरीले लागुऔषध गाँजा २२५ केजी सहित चार जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बारागढीबाट प्रहरी निरीक्षक कुसुम नायकको नेतृत्वमा खटिएको टोलीले आदर्शकोटवाल गाउँपालिका–३ स्थित वातारा क्षेत्रबाट एक ट्र्याक्टरमा लुकाएर राखेको अवस्थामा लागुऔषध गाँजा बरामद गरेको हो ।
ट्र्याक्टरको ढालामुनि फल्स बटन बनाएर लुकाइएको अवस्थामा १५ वटा काटुनमा प्याक गरिएको करिब २२५ केजी गाँजा बरामद गरिएको बारा प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार पार्किङ गरी राखिएको ट्र्याक्टर ना.प्र. २–०३–००१ त ४८७६ बाट गाँजा बरामद भएको छ ।
प्रहरीले अनुसन्धानका क्रममा मकवानपुर हेटौंडा नगरपालिका–४ बस्ने २१ वर्षीय कमाण प्रजा, कैलाश गाउँपालिका–४ देवतिस बस्ने २४ वर्षीय सिताराम प्रजा र बकैया गाउँपालिका–५ छतिवन बस्ने २२ वर्षीय नवराज मगर पक्राउ गरेको प्रहरी निरीक्षक नायकले जानकारी दिए ।
ट्र्याक्टर चालक आदर्शकोटवाल गाउँपालिका–३ का अन्दाजी ३० वर्षीय नन्दकिशोर मुखिया बिनलाई नियन्त्रणमा लिएर सोधपुछ गरिँदा घटनामा अन्य व्यक्तिहरूको संलग्नता खुल्न आएको उनले बताए ।
पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यलय बाराले जानकारी दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ- शिक्षामन्त्री पोखरेल
-
परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।