बलात्कार पीडित महिलाको न्यायका लागि आवाज बनेको ‘देवी’ डकुमेन्ट्री

२०८२ वैशाख २० शनिबार
सारांश
  • पत्रकार श्रेष्ठको निर्देशन तथा बिष्णु घिमिरे ‘कल्पित’ ले छायांकन गरेको वृत्तचित्र ‘देवी’ ले युद्धकालमा बलात्कारको सिकार भएका महिलाको न्यायका लागि नेतृ देवी खड्काले गरेको संघर्ष र त्यसमा आउने उतारचढावलाई देखाएको छ ।

काठमाडौं : पत्रकार सुविना श्रेष्ठ निर्देशित वृत्तचित्र ‘देवी’ ले शुक्रबार क्यूएफएक्सको छायाँ सेन्टरस्थित हलमा पत्रकारहरुको लागि स्क्रिनिङ गरेको छ । 


पत्रकार श्रेष्ठको निर्देशन तथा बिष्णु घिमिरे ‘कल्पित’ ले छायांकन गरेको वृत्तचित्र ‘देवी’ ले युद्धकालमा बलात्कारको सिकार भएका महिलाको न्यायका लागि नेतृ देवी खड्काले गरेको संघर्ष र त्यसमा आउने उतारचढावलाई देखाएको छ ।  


८२ मिनेटको वृत्तचित्रमा नेतृ खड्का १७ वर्षको उमेरमा पक्राउ परेको र सशस्त्र द्वन्द्वको पृष्ठभूमि रहेको छ । माओवादीको अभियोगमा आफूलाई यातना दिइएको र हिरासतमा बलात्कार गरेको विवरण उनले डकुमेन्ट्रीमा बताएकी छन् ।


हलमा पुगेकी नेतृ खड्काले सञ्चारकर्मीहरुसँग कुरा गर्दै यौनजन्य हिंसामा  समाजले लाजको भार सबै महिलाको काँधमा थोपर्दिने गरेको र त्यसबाट मुक्त हुन पनि यो वृत्तचित्रले सहयोग पुर्याउने बताइन् । उनले यौनजन्य हिंसा अदृश्य र अस्विकार्य घटना भएको भन्दै स्विकार गराउनको लागि वृत्तचित्रले महत्वपूर्ण भुमिका खेलेको बताइन् ।  


‘मानव समाजमा धेरै नै घटना हुन्छ तर यौनजन्य हिंसाको घटनामा लाजको भार जति सबै महिलाहरुको काँधमा थोपर्दिने गरिन्छ । त्यसैले यो भारबाट महिलाहरुलाई मुक्त गर्ने उद्देश्य त पुरा हुँदैछ ।  यौनजन्य हिंसा अदृश्य र अस्विकार्य घटना हो । द्वन्द्वमा अरु घटना हुँदा स्थापित हुन्छ तर यौनजन्य घटना चै अदृश्य र अस्विकार्य भएको भएर स्विकार गराउनको लागि र दृश्यमा ल्याउनको लागि यो डकुमेन्ट्रीले महत्वपूर्ण भुमिका खेलेको छ ।’ उनले भनिन् । 


उनले आफ्नो बाल्यकाल यस्तै घटना सुन्दै र भोग्दै बिताएको भन्दै यो वृत्तचित्र खिच्दा आफू भित्रको लडाइ भने जितेको बताइन् । 


उनले भनिन्, ‘मेरो बाल्यकाल यस्ता कुरा सुन्ने र पचाउने मै बित्यो । यस्ता घटना हरेक चोटि भोगेर आएको हो । यो डकुमेन्ट्रीमा खिच्ने र आफ्नो कथा भन्नु आफैभित्रको लडाई थियो । आजसम्म आइपुग्दा म भित्रको लडाई चै जितेको छु । समाज र कानूनसँग जितिन्छ कि जितिदैन् त्यो लड्दै जाने कुरा हो । अन्तिममा म चै दोषि हैन, म लजाउनुपर्ने कुनै कारण छैन भन्ने स्थितीसम्म यो डकुमेन्ट्रीले पुर्याएको छ ।’ 


उनले नेपालको संक्रमणकालीन न्याय प्रक्रियाले यौनजन्य हिंसालाई अस्विकार गरी दबाउन खोजेको भन्दै यौनजन्य हिंसाको सत्यलाई स्थापित गराउन सबैले यो  डकुमेन्ट्री हेरेर यसमाथि छलफल चलाएर सहयोग गर्न अनुरोध समेत गरिन् । 


‘नेपालको संक्रमणकालीन न्याय प्रक्रियाले यौनजन्य हिंसालाई स्विकार नगरिकन दबाउन खोजेको थियो । एउटा आत्मस्वाभिमान मानिसको वास्तविकता दब्छ उ मर्न पनि तयार हुुन्छ । नेपालको मानव समाजको विवशता र संक्रमणकालीन न्याय प्रक्रियाले अस्विकार्य र अदृश्य सत्यलााई स्थापित गराउन यो डकुमेन्ट्री हेरेर यसमाथि छलफल चलाएर सहयोग गर्न म अनुरोध गर्छु ।’ उनले भनिन् । 


यस्तै निर्देशक तथा पत्रकार सविना श्रेष्ठले महिलाहरु जहाँपनि सुरक्षित हुनुपर्छ भन्दै यौनजन्य हिंसामा भागिदारहरुलाई सजाय दिदा समस्या पून ः नहुने बताइन् । उनले यो डकुमेन्ट्री द्वन्द्वकालमा आन्दोलनमा लागेका महिलाको मात्र हैन आम महिलामाथि भएको घटनामा पनि आधारित रहेको बताइन् । 


‘यौनजन्य हिंसा धेरै महिलाले भोग्नु भएको छ हामी यो कुरा बोल्न गाह्रो मान्छौ हामीलाई लाज हुन नपर्ने हो नि त जसले गर्छ उसलाई लाज हुनुपर्ने हो हाम्रो उद्देश्य भनेको आत्मसम्मानका साथ बाच्न पाउनुपर्छ र महिलाहरु जहाँपनि सुरक्षित हुनुपर्यो, सजाय दिनुपर्ने मान्छेलाई सजाय दिदा यो समस्या आउदैन भन्ने हो यो फिल्म देवि खड्का माथि बनेको हो उहाँ धेरै वर्षसम्म बोल्न सक्नुभएको थिएन यहाँ एकजनाको मात्र कुरा हैन द्वन्द्वकालमा आन्दोलनमा लागेका महिलाको मात्र हैन अन्य आम महिलामाथि पनि यस्तो घटना घटेको छ ।’ उनले भनिन् । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट

१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।

थप समाचार