शिक्षकसङ्ग ९ बुँदे सहमति, सडक आन्दोलन फिर्ता

१८ बैसाख, २०८२, बिहिवार
सारांश
  • ९ बुँदे सहमतिलाई मन्त्रिपरिषद्बाट स्वीकार गरिएको साथै प्रक्रियामा गई कार्यान्वयन गर्ने क्याविनेटपछि सरकारका प्रवक्ता सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी गराए ।

काठमाडौँ, १८ वैशाख । बुधबार सरकारसँग भएको ९ बुँदे सहमतिसँगै लामो समयदेखि आन्दोलनमा रहेका शिक्षकहरुको सडक आन्दोलन फिर्ता भएको छ । 


विगतमा भएका सहमति र सम्झौतालाई ध्यानमा राखी नयाँ विद्यालय शिक्षा ऐन असार १५ भित्र प्रतिनिधिसभाबाट पारित गर्न संसदीय समिति, सत्तापक्षका दलका प्रमुख सचेतकहरूबाट समेत लिखित प्रतिवद्धता व्यक्त भए पछि सडक आन्दोलन फिर्ता भएको हो । 


शिक्षक महासंघले विज्ञप्ति निकाल्दै समयमा ऐन जारी हुने विश्वाससहित आजकै मितिबाट विद्यालय भर्ना, नियमित कक्षा सञ्चालन, परीक्षासम्बन्धी सबै काम गर्न आग्रह गरेको छ । 


शिक्षामन्त्री र सरोकारवालाहरुको उपस्थितिमा निरन्तर ३ दिनको वार्ता हिजो (बुधवार) सहमतिमा टुंगिएको थियो । ९ बुँदे सहमतिलाई मन्त्रिपरिषद्बाट स्वीकार गरिएको साथै प्रक्रियामा गई कार्यान्वयन गर्ने क्याविनेटपछि सरकारका प्रवक्ता सञ्चारमन्त्री पृथ्वीसुब्बा  गुरुङले जानकारी गराए ।


सहमति पत्रमा के छ ? 


१) शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा काठमाडौँमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने ।
२) अस्थायी प्रकृतिका शिक्षक – राहत,अस्थायी, साबिक उमावि, सिकाई अनुदान, प्राविधिक धार, विशेष शिक्षा र बाल विकास सहजकर्ताको बिरामी बिदा सञ्चित हुने र सो बापतको रकम अवकाश भएका बखतमा एकमुष्ट प्राप्त गर्ने ।
३) प्रारम्भिक बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकका सम्बन्धमा नेपाल सरकारबाट तोके बमोजिम 
व्यवस्था गर्ने ।
४) आगामी आर्थिक वर्ष २०८२/८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीय, प्राथमिक द्वितीय, निम्न माध्यमिक तृतीय र माध्यमिक प्रथम श्रेणीका शिक्षकहरूको लागि निजामती सरह ग्रेड सङ्ख्या र रकम कायम गर्ने ।
५)  स्थायी तथा अस्थायी प्रकृतिका कोटा (राहत, अस्थायी, करार साविक उमावि, प्राविधिक धार र विशेष शिक्षा) का सबै शिक्षकले प्रचलित कानुन बमोजिम दुर्गम भत्ता पाउने व्यवस्था गर्ने ।
६) सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नियमावलीमा व्यवस्था गर्ने ।
७) नेपाल सरकारको मर्यादाक्रम सूचीमा शिक्षकहरूलाई समावेश गर्ने ।
८) नेपाल शिक्षक महासङ्घको आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण शिक्षक, सुरक्षाकर्मी, कर्मचारी तथा पत्रकारहरूको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने ।
९) निम्न माध्यमिक तह प्रथम श्रेणी का शिक्षकको तलब तथा ग्रेड माध्यमिक द्वितीय श्रेणीका शिक्षक सरह हुनेगरी कायम गर्ने ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार