जाजरकोट सोती घटना : उच्च अदालतकोे फैसलाविरुद्ध अधिकारकर्मी आन्दोलित

२०८२ वैशाख १७ बुधबार
सारांश
  • मंगलबार उच्च अदालत सुर्खेतका न्यायाधीशहरू सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले सोती घटनाका २३ जना प्रतिवादीलाई यस अघि जिल्ला अदालत रुकुम पश्चिमले गरेको जन्मकैदको सजाय सदर गरेको हो ।

सुर्खेत : दलित अधिकारकर्मीहरु आन्दोलनमा उत्रिएका छन् । पाँच बर्ष अघि रुकुम पश्चिमको सोतीमा मारिएका नवराज बिकको मुद्धामा उच्च अदालत सुर्खेतले जातीय विभेदको मुद्दामा न्याय नदिएको भन्दै अधिकारकर्मी आन्दोलनमा उत्रिएका हुन् ।

 

मंगलबार उच्च अदालत सुर्खेतका न्यायाधीशहरू सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले सोती घटनाका २३ जना प्रतिवादीलाई यस अघि जिल्ला अदालत रुकुम पश्चिमले गरेको जन्मकैदको सजाय सदर गरेको हो ।

 

२०७७ जेठ १० मा जाजरकोटका नवराज विक आफ्नी प्रेमिकासँग विवाह गर्न चौरजहारी पुग्दा गाउँलेको कुटपिटमा उनको समूहका १८ मध्ये ६ जनाको मृत्यु भएको थियो । नवराज विकसहित ६ जनाको हत्या अभियोगमा यस अघि जिल्ला अदालत रुकुम पश्चिमले २३ जनालाई जन्मकैदको फैसला गरेको थियो ।

मंगलबार उक्त मुद्दाको फैसला गर्दै उच्च अदालत सुर्खेतले जिल्ला अदालतको फैसला सदर गर्दै सोती घटनाका सबै प्रतिवादीलाई जातीय भेदभाव तथा छुवाछूत मुद्दामा सफाइ दिएको थियो । २३ प्रतिवादी भने हत्या र कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई जिल्ला अदालत रुकुम पश्चिमले २०८० पुस ५ मा सुनाएको जन्मकैदको सजाय उच्च अदालतले सदर गरेको छ ।

 

दलित अधिकारकर्मीहरूले उच्च अदालतको फैसलालाई जातीय विभेदको मुद्दामा न्याय नदिएको भन्दै आलोचना गरेका छन् । फैसला आए लगत्तै उच्च अदालतको गेटमा धर्ना दिएका अधिकारकर्मीले फैसला नसच्याएसम्म आन्दोलन गर्ने बताएका छन् ।

 

मुद्दाको बहस भई रहँदा पनि उच्च अदलतको गेटमा धर्ना दिइरहेका अधिकारकर्मीले उच्च अदालतको फैसलाले दलित समुदायमाथिको संरचनात्मक अन्यायलाई झन् बलियो बनाएको बताएका छन् ।

दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनार नेतृत्वमा दलित अगुवाहरु बिहानैदेखि भेला भएका छन् । न्यायधीसले पैसा खाएर दलितलाई न्याय मारेको सुनारको आरोप छ । मंगलबार रातीदेखि नै खगेन्द्र सुनारले उच्च अदालतको गेटमा धर्ना सुरु गरेका छन् ।

 

उच्चको फैसलाले दलित समुदायमाथि अपमान भएको सुनारले बताए । ‘दलित समुदायको हित र उत्थानका लागि म ज्यान दिन तयार छु’ उनले भने, ‘समुदायमाथिको अपमान सहन सकिँदैन ।’ उच्च अदालतले फैसला नसच्याए देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार