लेखनमा लगाम लगाउँदा लोकतन्त्र रहंदैन : मन्त्री पाण्डे

२०८२ वैशाख १६ मंगलवार
सारांश
  • मंगलबार तेस्रो राष्ट्रिय लेखक दिवसको अवसरमा आयोजित राष्ट्रिय लेखक पुरस्कार तथा मानार्थ सदस्य सम्मान विशेष समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले लेखक र लोकतन्त्र एक अर्काका पर्यायवाची भएका बताएका हुन् ।

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले लोकतन्त्र र लेखक एक अर्काका पर्यायवाची भएको धारणा व्यक्त गरेका छन् । 


मंगलबार तेस्रो राष्ट्रिय लेखक दिवसको अवसरमा आयोजित राष्ट्रिय लेखक पुरस्कार तथा मानार्थ सदस्य सम्मान विशेष समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले लेखक र लोकतन्त्र एक अर्काका पर्यायवाची भएका बताएका हुन् । 


उनले बीपी कोइरालाको भनाइ उद्धृत गर्दै, ‘राजनीतिमा प्रजातन्त्रवादी र लेखनमा अराजकवादी’ भन्नुको आशय उल्लेख गर्दै, लेखकलाई लोकतन्त्रमा नियन्त्रण गर्न खोज्नु अनुचित हुने बताए ।


उनले भने, ‘लेखन लोकतन्त्रसँग मिल्दोजुल्दो अभ्यास हो । लेखनमा लगाम लगाउने हो भने लोकतन्त्र रहँदैन । लेखक र लोकतन्त्र एक अर्काका पर्यायवाची हुन् ।’


मन्त्री पाण्डेले लोकतन्त्रप्रति समर्पित विद्वानहरू जस्तोसुकै कठिन परिस्थितिमा पनि एकजुट हुनसक्ने स्मरण गराए । हालको समयमा निराशाको खेती बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले आशा र सकरात्मकताका सन्देश दिन लेखकहरूको भूमिकाको आवश्यकता समेत औंल्याए ।


पछिल्लो समय लेखकहरूबाट गुणस्तरीय पुस्तक, गीत तथा संगीतहरू सिर्जना भइरहेको भन्दै उनले राजनीतिमा पनि पारदर्शिता र स्वच्छता खोजिने वातावरण सिर्जना हुँदै गएको धारणा राखे । 


कार्यक्रममा आख्यानकार ध्रुवचन्द्र गौतमलाई आख्यानकार पुरस्कार प्रदान गरिएको थियो भने वैरागी काइलासहित ३२ जना व्यक्तिहरूलाई मानार्थ सदस्य सम्मान प्रदान गरिएको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार