जनकपुरमा पाकिस्तान विरुद्व प्रर्दशन, सेना प्रमुखको पुत्ला दहन
२०८२ वैशाख १६ मंगलवार
- नेपाल भारत खुल्ला सीमा संवाद समूह र शहिद संजय चौधरी स्मृती प्रतिष्ठानको संयुक्त आयोजनामा मंगलबार जनकपुरधाममा विरोध जुलुस निकालिएको छ ।
जनकपुर : भारतको कश्मिरमा भएको आतंकवादी हमला र पाकिस्तानी सेना प्रमुखले दिएको अभिव्यक्तिविरुद्ध प्रर्दशन गरिएको छ ।
नेपाल भारत खुल्ला सीमा संवाद समूह र शहिद संजय चौधरी स्मृती प्रतिष्ठानको संयुक्त आयोजनामा मंगलबार जनकपुरधाममा विरोध जुलुस निकालिएको छ ।
केही दिन अघि पाकिस्तानी सेना प्रमुखले हिन्दु मुस्लिमबीच द्वन्द्व फैलने अभिव्यक्ति दिएका थिए । त्यस्को केहि दिन पछि कश्मिर घटना भएको थियो ।
पाकिस्तान र पाकिस्तानी सेना प्रमुखको सो अभिव्यक्तिविरुद्व आज जनकपुरधाममा प्रदर्शन गरिनुका साथै पाकिस्तानी सेना प्रमुखको पुत्ला समेत जलाइएको छ ।
प्रदर्शनका अगुवा संवाद समुहका अध्यक्ष राजिव झाले पाकिस्तानी सेना प्रमुखले गैर राजनीतिक, धार्मिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएको र त्यसपछि भएको घटनामा हिन्दुहरुलाई मात्र मारिएकाले पाकिस्तान र सेना प्रमुख विरुद्व पनि प्रदर्शन गरेको जानकारी दिए ।
उनले आतंकवाद कुनै पनि हालतमा कसैका लागि पनि हितकर नभएकाले आतंकवाद विरुद्व सबै एक हुनपर्नेमा जोड दिए ।
विरोध प्रदर्शनमा जनकपुरधामका मुस्लिम समुदायका अगुवा र युवाहरुको पनि सहभागिता रहेको थियो । उनीहरुले पनि आतंकवादको विरोध गर्दै आतंकवादीलाई प्रसय दिनेको विरोधमा उत्रन आवश्यक रहेको बताउदै आक्रोस व्यक्त गरका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।