राजस्व प्रशासनलाई करदातामैत्री बनाउँदै लगेका छौँ : संयोजक, महर्जन

२०८२ बैशाख १४ आइतबार
सारांश
  • ‘आय, व्यवसाय र पेशाअनुसार करदाताले फरक फरक ठाउँमा कर तिर्नु बुझाउनुपर्छ । यसरी कर, शुल्क, दस्तुर तथा राजस्व बुझाउँदा करदाताले अन्योल हुनु नपरोस् । कर तिर्ने करदाताहरुले प्राप्त गर्ने छुटसहितका सुविधा छन् । ती सुविधा सजिलै प्राप्त गर्ने वातावरण बन्न सकोस् ।’ महर्जनले भने, ‘हामी यसका लागि काम गरिरहेका छौँ ।’

काठमाडौँ : काठमाडौं महानगरपालिका वडा नं. २२ ले  करदाताले दोहोरो कर तिर्नु नपरोस्, तिर्नु पर्ने कर दायित्वका विषयमा जानकारी होस् भनेर वडा स्तरीय करदाता शिक्षा कार्यक्रम सञ्चालन थलिएको वडा नम्बर २२ का अध्यक्ष एवं महानगरपालिकाको स्वास्थ्य शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले बताएका छन्  । वडाभित्र रहेका व्यापार संघसँग आवद्ध र स्वतन्त्र व्यवसायीहरुलाई भेला गरेर व्यवसाय दर्ता, नविकरण तथा लेखा र राजस्व सम्बन्धी जानकारी दिने क्रममा उनले यस्तो बताएका हुन् । 


‘आय, व्यवसाय र पेशाअनुसार करदाताले फरक फरक ठाउँमा कर तिर्नु बुझाउनुपर्छ । यसरी कर, शुल्क, दस्तुर तथा राजस्व बुझाउँदा करदाताले अन्योल हुनु नपरोस् । कर तिर्ने करदाताहरुले प्राप्त गर्ने छुटसहितका सुविधा छन् । ती सुविधा सजिलै प्राप्त गर्ने वातावरण बन्न सकोस् ।’ महर्जनले भने, ‘हामी यसका लागि काम गरिरहेका छौँ ।’


कार्यक्रममा आन्तरिक राजस्व कार्यालयका प्रमुख युवराज बस्नेत, महानगरपालिकाको वित्त विभागका प्रमुख डा. शिवराज अधिकारीसहित पदाधिकारीहरुले कर र करका सिद्धान्त, सरकार र व्यवसायीका दायित्वसँगै स्थानीय सरकारलाई तिर्नु बुझाउनुपर्ने बिज्ञापन कर, मनोरञ्जन कर, घरबहाल कर, सम्पत्ति कर, व्यवसाय करका विषयमा प्रस्तुतिकरण र छलफल भएको थियो ।  


वडा नम्बर २२ क्षेत्र महानगरपालिकाभित्रको प्रमुख व्यवसायिक स्थानमध्येको एउटा हो । नयाँ सडक, शुक्रपथ, खिचापोखरी, सुन्धारालगायत स्थान व्यापारिक क्रियाकलापकै कारण परिचित छन् ।  वडा सचिव ज्ञानेन्द्र विवशका अनुसार वडाभित्र ९ हजार १५० व्यवसाय दर्ता छन् । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार