- महानगरको प्रशासन विभागले सूचना जारी गदै आइतबार शोक बिदा दिएको जानकारी दिएको हो ।
काठमाडौं : काठमाडांै महानगरपालिकाले तत्कालीन काठमाडौं नगर पञ्चायतका उपप्रधानपञ्च तीर्थराम डंगोलको निधनमा आज शोक बिदा दिएको छ ।
महानगरको प्रशासन विभागले सूचना जारी गदै आइतबार शोक बिदा दिएको जानकारी दिएको हो ।
उपप्रधानपञ्चका रुपमा उनले शहर निर्माण, शहरी व्यवस्थापन र प्रवद्र्धन तथा सामाजिक सेवामार्फत रूपान्तरणमा पु¥याएको योगदानको सम्मान गर्दै महानगरपालिकाले शोक बिदा दिएको जनाएको हो ।
जसअनुनसार आज अत्यावश्यक सेवाबाहेक महानगरपालिका र मातहतका कार्यालयहरूमा शोक बिदा रहेको छ ।
स्वर्गीय डंगोलको हिजो टेकुमा अन्येष्टि भइसकेको छ । पूर्व स्वास्थ्य राज्य मन्त्री तथा नेपाली कांग्रेसका नेता डंगोलको गत शुक्रबार निधन भएको थियो ।
२००४ साल माघ २९ गते जन्मिएका डंगोल लामो समयदेखि क्यान्सरबाट पीडित थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’