काश्मिरमा इस्लामिक आतंकवादबाट मारिएको हिन्दुहरुप्रति राजा ज्ञानेन्द्रद्वारा समवेदना प्रकट
१३ बैसाख, २०८२, शनिवार
- त्यस्तो घटनाको विश्वव्यापी भर्त्सना हुनु पर्दछ र सबैबाट निन्दा गरिनु पर्छ भन्ने हाम्रो धारणा छ ।
काठमाडौँ, १३ वैशाख । गत वैशाख ०९ गते भारतको काश्मिर स्थित पहलगाम भन्ने ठाउँमा इस्लामिक आतंककारीहरुले हिन्दुहरुलाई छानी-छानी गोली हानि हत्या गरेको घटनालाई लिएर राजा ज्ञानेन्द्रले आज समवेदना सन्देश प्रकट गरेका छन् ।
उनको समवेदना सन्देश यस्तो छः
''हालै हाम्रो छिमेकी मित्रराष्ट्र भारतको जम्बु-काश्मिर पहलगाममा भएको आतंककारी आक्रमणका कारण धेरै हिन्दुवादी यात्रीहरुको दुःखद निधन भएकोमा हामीलाई अत्यन्त दुःख लागेको छ । यो घटनामा परि ज्यान गुमाएका एक नेपाली सहित सबै दिवंगत आत्माप्रति हाम्रो भावपूर्ण श्रद्धाञ्जली । साथै मृतकजनका सबै शोकसन्तप्त परिवारमा हाम्रो आत्मीय समवेदना । यसैगरी यो दुःखद घडीमा मित्रराष्ट्र भारत सरकारप्रति पनि हामी गहिरो सहानूभूति व्यक्त गर्दछौँ ।
"बसुधैव कुटुम्बकम" को आदर्श अवलम्बन गर्ने सनातनी वैदिक हिन्दु धर्मावलम्बीहरुको दिव्य मानवीय मान्यता हो । त्यो मान्यता विपरित यस प्रकारका जघन्य अपराध गर्नु गराइनु सर्वथा धर्म निषिद्ध पाप कर्म हो भन्ने हामी ठान्दछौँ । सम्पुर्ण विश्वक्षेत्र र समग्र हिन्दु समुदायलाई नै मर्मान्त पार्न भएको यस्तो घटनाको जति निन्दा गरे पनि थोरै हुन्छ । त्यस्तो घटनाको विश्वव्यापी भर्त्सना हुनु पर्दछ र सबैबाट निन्दा गरिनु पर्छ भन्ने हाम्रो धारणा छ ।''
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’