- शनिवार विहान २ बजे दार्जिलिङ मःम रेष्टुरेन्टमा आगोलागी हँुदा घरहरु र पसलहरु पूर्ण नष्ट भएपनि मानवीय क्षति नभएको सहायक हवलदार थापाले बताएका हुन् ।
काठमाडौं : काठमाडौंको स्वयम्भूस्थित एक रेष्टुरेन्टमा आगलागी हुँदा मानव क्षति नभएको स्वयम्भु प्रहरी वृत्तका सहायक हवलदार बिष्णु थापाले बताएका छन् ।
शनिवार विहान २ बजे दार्जिलिङ मःम रेष्टुरेन्टमा आगोलागी हँुदा घरहरु र पसलहरु पूर्ण नष्ट भएपनि मानवीय क्षति नभएको सहायक हवलदार थापाले बताएका हुन् ।
‘लगभग दुई बजेतिर आगोलागी भएको खबर आयो । अफिस नजिकै भएको भएर धँुवा पनि देखियो र तत्काल दमकललाई खबर गर्यौं । दमकल पनि तुरुन्तै ८ वटा दमकल, ४÷५ वटा पानी ट्याङकरमार्फत आगो नियन्त्रणमा आयो । भौतिक क्षति भएपनि मानवीय क्षति भएन । घरहरु र पसलहरु पूर्ण नष्ट छन् । आगलागीमा नजिकै रहेका पसलहरुमा क्षति पुगेको छ । बच्चा र बच्चाको आमालाई प्रहरीले तत्काल उद्दार गर्न सफल भयो,’ उनले भने ।
उक्त घटनाको कारण तत्काल भन्न नसकिने भन्दै थप अनुसन्धान भइरहेको पनि थापाले बताए ।
रेष्टुरेन्टमा आगोलागी हुँदा रेष्टुरेन्टको मात्र १० देखि १२ लाख क्षति भएको रेष्टुरेन्टकी सञ्चालक बन्सिका राईले जानकारी दिएकी छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’