अख्तियार र सीआइबीको नक्कली कर्मचारी बनेर ठगी गर्ने पक्राउ

२०८२ बैशाख १३ शनिबार
सारांश
  • पक्राउ पर्नेमा धनुषाको बट्टेश्वर गाउँपालिका वडा नं. ५ कालिपुरका ३३ वर्षीय रामभजन मण्डल रहेका छन् ।

जनकपुर : धनुषा प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अधिकृत हुँ भन्दै सर्वसाधारणलाई ठगी गर्ने एक युवकलाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा धनुषाको बट्टेश्वर गाउँपालिका वडा नं. ५ कालिपुरका ३३ वर्षीय रामभजन मण्डल रहेका छन् ।


मण्डलले शहिदनगर नगरपालिका क्षेत्रका विभिन्न स्थानहरूमा सर्वसाधारणलाई आफू अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबास–महोत्तरी र सीआईबी, काठमाडौँको अधिकृत कर्मचारी भएको झुटो परिचय दिँदै मानसिक दबाब दिनुका साथै धाकधम्की देखाउने, र त्यसबाट व्यक्तिगत लाभ लिन खोज्ने गरेका थिए ।


इलाका प्रहरी कार्यालय यदुकुहाबाट प्रहरी निरीक्षक ओमप्रकाश यादवको नेतृत्वमा खटिएको टोलीले ११ गते दिउँसो करिब १ बजे शहिदनगर नगरपालिका ३ स्थितबाट उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जारी गरेको विज्ञप्तिमा उल्लेख रहेको छ ।


पक्राउ परेका मण्डललाई सात दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखिएको छ भने थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार