उमाकुण्ड–लिखुपिके अन्तर पालिका बैठक सम्पन्न, टावर निर्माणदेखि पर्यटन समस्या समाधानमा छलफल
२०८२ बैशाख ११ बिहिबार
- उमाकुण्ड गाउँपालिकाको केन्द्र प्रीतिमा दुई पालिका बिचको बैठक सम्पन्न भएको हो ।
रामेछाप : रामेछापको उमाकुण्ड गाउँपालिका रामेछाप र सोलुको लिखुपिके गाउँपालिकाको अन्तर स्थानीय समन्वय बैठक सम्पन्न भएको छ ।
उमाकुण्ड गाउँपालिकाको केन्द्र प्रीतिमा दुई पालिका बिचको बैठक सम्पन्न भएको हो । बैठकले उमाकुण्ड गाउँपालिका र लिखुपिके गाउँपालिकाको धेरै स्थानमा टेलिफोन र मोबाइलको फोरजी सेवा विस्तार नहुँदा सञ्चार सम्पर्कमा कठिनाइ भएकोले उमाकुण्ड–१ को थाल्चेमा टावर टावर निर्माणको लागि नेपाल टेलिकमलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
उमाकुण्ड १ र २ को सिमानामा पर्ने ठाडो खोलाबाट लिखुपिकेको विभिन्न स्थानमा सिँचाइका लागि पानी प्रयोग गर्न प्रयोजनका लागि सम्बन्धित वडासँग समन्वय गरी ती वडामा असर नपर्ने गरी कार्य अघि बढाउने निर्णय पनि बैठकले गरेको छ ।
उमाकुण्ड गाउँपालिका र लिखु पिके गाउँपालिका हुँदै सगरमाथा प्रवेश गर्ने पर्यटकले पछिल्लो समय सो बाटो प्रयोग गर्न छोड्नुको कारण बारे बैठकमा छलफल भएको छ । सो क्षेत्र प्रवेश गर्ने बाह्य पर्यटकसँग गौरीशङ्कर संरक्षण क्षेत्रले जनही ३ हजार रुपैयाँ शुल्क लिनु यसको प्रमुख कारण भएको बैठकको निष्कर्ष छ । गौरीशङ्कर संरक्षण क्षेत्रले लिँदै आएको सो रकम घटाउन वा निःशुल्क प्रवेश दिने सम्बन्धमा गौरीशङ्कर संरक्षण क्षेत्र आयोजनासँग छलफल गर्ने बैठकले निर्णय गरेको छ ।
उमाकुण्ड र लिखुपिकेको सिमानामा पर्ने लिखु नदी र अन्य सहायक नदीमा सञ्चालित जलविद्युत आयोजनासँग सम्झौता अनुसार काम गर्न पटक पटक छलफल र बैठक गर्दा पनि अटेर गरेकाले सो सम्बन्धमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, विद्युत् नियमन आयोग र विद्युत् विकास विभागसँग दुवै गाउँपालिकाको तर्फबाट ध्यानाकर्षण र छलफल गर्ने कार्य अगाडि बढाउने निर्णय पनि बैठकले गरेको छ ।
उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारको अध्यक्षतामा भएको बैठकमा लिखुपिके गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेत, उमाकुण्ड गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवार, उमाकुण्ड गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जीतबहादुर श्रेष्ठ, लिखुपिके गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद पराजुली दुवै गाउँपालिकाका वडाध्यक्ष लगायत जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रसुवाका विभिन्न क्षेत्रमा बाढीपछि अवरुद्ध भएको विद्युत पुन: सुचारु
-
सम्पर्कविहिन रहेका आफन्तको पहिचानका लागि डिएनए परीक्षण गर्न आग्रह
-
प्रधानमन्त्री शाह र लामिछानेबीच भेटवार्ता
-
संसद बैठक छिटो बोलाउन काँग्रेसको माग, सभामुखसँग छलफल गर्ने
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।