लार्चा दोभानदेखि नाम्चेसम्मको पदमार्ग निर्माणको काम ८० प्रतिशत सकियो
२०८२ बैशाख ११ बिहिबार
- नाम्चे टोल विकास समितिका अध्यक्ष मिङमा ग्याल्जेन शेर्पाका अनुसार यो वर्ष तीन सय मिटर मात्रै बाटोको काम भइरहेको र त्यो ८० प्रतिशत काम सम्पन्न भइसकेको छ ।
सोलु : सोलुखुम्बुको एभेरष्ट ट्रेकिङ ट्रेल अन्तरगत लार्चा दोभानदेखि नाम्चेसम्मको ट्रेकिङ मार्गको स्तरोन्नतिको कामले गति लिएको छ ।
नाम्चे टोल विकास समितिका अध्यक्ष मिङमा ग्याल्जेन शेर्पाका अनुसार यो वर्ष तीन सय मिटर मात्रै बाटोको काम भइरहेको र त्यो ८० प्रतिशत काम सम्पन्न भइसकेको छ ।
उनले भने, ‘बाटो निर्माणका लागि पर्यटन विकास आयोजना अन्तरगत प्रदेशबाट प्राप्त ३३ लाख बजेट छुट्याएको छ । यसपालि ३०० मिटर मात्रै बाटो बन्ने छ भने ८० प्रतिशत काम सम्पन्न भइसकेको छ ।’
पर्यटकहरुलाई पैदल यात्राको सहजताकोे लागि लार्चा दोभानदेखि नाम्चेसम्मको पदमार्ग स्तरोन्नती गर्ने क्रममा ढुङ्गा छाप्ने कार्य भइरहेको छ । सगरमाथा आधार सिबिर जाने बाटोे तोपडाँडामा मजदुरहरुले ढुंगाको सिढि बनाउने काम गर्दैछन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’