- शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्नालगायतका शैक्षिक गतिविधी ठप्प हुँदा विद्यालयमा कुनै चहलपहल देखिँदैन । जसको कारण विद्यार्थीको पठनपाठनमा असर पुग्ने देखिएको छ ।
सुर्खेत, १० वैशाख । शैक्षिक सत्र सुरु भएसंगै विद्यार्थी भर्ना अभियानसंगै सामुदायिक विद्यालयमा देखिने विद्यार्थी र अभिभावको बाक्लो भीड यो बर्ष कर्णालीका सामुदायिक विद्यालयमा देखिएको छैन । कर्णालीमा नाम चलेका सामुदायिक विद्यालयहरु यतिबेला सुनसान छन् । शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्नालगायतका शैक्षिक गतिविधी ठप्प हुँदा विद्यालयमा कुनै चहलपहल देखिँदैन । जसको कारण विद्यार्थीको पठनपाठनमा असर पुग्ने देखिएको छ ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै २२ दिनदेखि शिक्षकहरु काठामाडौ केन्द्रित आन्दोलनमा गए पछि विद्यालयका शैक्षिक गतिविधी ठप्प भएका हुन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा भइरहेको शिक्षक–कर्मचारीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै विद्यालयले भर्ना अभियान रोकेको छ । जसले गर्दा नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना सुरु हुन सकेको छैन । शिक्षकहरूको आन्दोलनले भर्ना अभियान प्रभावित बनेको जन नमुना माध्यमिक विद्यालय (जनमावि) विद्यालयका प्रधानाध्यापक यामबहादुर श्रेष्ठले बताए ।
सरकारले शिक्षकहरूका माग सम्बोधन गरेर निर्वाधरूपमा विद्यालयका गतिविधि सञ्चालन हुने वातावरण बनाउनुपर्ने प्रधानाध्यापक श्रेष्ठको भनाइ छ । उनले भने, ‘शिक्षा ऐन जारी गर्नुपर्छ, सरकारले ऐन जारी गरेर विद्यालयका गतिविधि अघि बढाउने बाटो खोल्नुपऱ्यो, होइन भने विद्यालयका गतिविधि अनिश्चितकालसम्म रोकिनेछन् ।’
अहिले भर्ना अभियान रोकिँदा अभिभावक र विद्यार्थीमा अन्योलता छाएको छ । तर शिक्षकहरूको जायज माग पूरा गर्नका लागि विद्यालयले पनि आन्दोलनमा ऐक्यबद्धता जनाएको श्रेष्ठले बताए । यद्यपि, विद्यालयका आगि आवश्यक पर्ने पाठ्यपुस्तक व्यवस्थापन र अन्य तयारीका काम भने गरिसकेको उनको भनाइ छ ।
शिक्षक महासंघको आन्दोलनलाई समर्थन गर्दै वीरेन्द्रनगरस्थित अमरज्योति नमुना माध्यमिक विद्यालयले समेत भर्ना अभियान रोकेको छ । आन्दोलनका कारण सरकारले तोकेकै मितिमा भर्ना अभियान गर्न नसकिएको विद्यालयका प्रधानाध्यापक खगेन्द्र थापाले बताए । ‘हामीले अबको चार/पाँच दिन विचार गर्छौं, नभए विद्यालय खोल्नुको विकल्प छैन, सरकारले शिक्षकका माग छिट्टो सम्बोधन गर्नुपर्छ, दैनिक पाँच सय जना अभिभावकले चासो राखेर फोन गरिरहनुभएको छ । विद्यार्थी र अभिभावक अन्योलमा हुनुहुन्छ, सरकारले शिक्षकका माग सम्बोधन गर्नुपर्छ’ उनले भने ।
सुर्खेतको बराहताल गाउँपालिका–८ को भट्टेघारीमा रहेको भैरव आधारभूत विद्यालयमा पनि भर्ना अभियान सुरु भएको छैन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर हमालका अनुसार आन्दोलनका कारण शिक्षकहरू विद्यालयमा नआएपछि भर्ना अभियान प्रभावित बनेको छ ।
बराहताल गाउँपालिका–४ स्थित भेरी माध्यमिक विद्यालयले सूचना जारी गर्दै भर्ना अभियान सञ्चालन नहुने बताएको छ । कर्णालीमा दुई हजार ९८३ सामुदायिक विद्यालय छन्, जहाँ ११ हजार ८६५ शिक्षकको दरबन्दी छ । पाठ्यपुस्तक, शिक्षक र भौतिक पूर्वाधारको अभाव झेल्दै आएको कर्णालीमा आन्दोलनले थप समस्या निम्त्याएको छ ।
पाठ्यपुस्तक गोदाममै थन्किए
सामुदायिक विद्यालयमा भर्ना अभियान रोकिए पछि अधिकांश विद्यालयले पाठ्य पुस्तक पनि खरिद गरेका छैनन् । सामुदायिक विद्यालयका पाठ्यपुस्तक छपाइदेखि वितरणसम्मको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका अनुसार कर्णालीका १० वटै जिल्लामा ७० प्रतिशतभन्दमा बढी पुस्तक पुगिसकेको जनाएको छ । जिल्लास्थित बिक्रेताहरुबाट विद्यालयहरूले पाठ्यपुस्तक खरिद नगर्दा गोदाममै थन्किएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।