- पक्राउ परेका अभियुक्त बाग्लुङ नगरपालिका वडा नं.४ कुडुलेफेदी घर भएका वर्ष ३२ को चन्द्रकान्त पौडेल रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
पोखरा : पोखराबाट एक जना नेपाल प्रहरीका नक्कली डिएसपी पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नं. ८ सृजनाचोक स्थित रहेको ढावा रेष्टुरेन्ट एण्ड बारबाट आइतवार राती करीब १० बजेको समयमा नक्कली डिएसपी पक्राउ पक्राउ परेका हुन् ।
पक्राउ परेका अभियुक्त बाग्लुङ नगरपालिका वडा नं.४ कुडुलेफेदी घर भएका वर्ष ३२ को चन्द्रकान्त पौडेल रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
अभियुक्त पौडेलले उक्त रेष्टुरेन्ट एण्ड बारमा अर्डर गरी आफुले मागे अनुसारको खानेकुराहरु खाए पश्चात म प्रहरीको डि.एस.पि. हुँ भन्दै धाक धम्की दिएको प्रहरीको आरोप छ ।
हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतामा रहेका पौडेलका बिरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’