- सोमबार खाद्य व्यवसायलाई स्वच्छ, ताजा र गुणस्तरीय बनाउने उद्देश्यले सुरु गरिएको कार्यक्रम अन्र्तगत महानगरले वीर अस्पतालमा खाद्य नमूना संकलन, अनुगमन र निरीक्षण गरेको हो ।
काठमाडौं : काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त आयोजनामा घुम्ती खाद्य प्रयोगशालासहित अनुगमन एवम निरीक्षण गरिएको छ ।
सोमबार खाद्य व्यवसायलाई स्वच्छ, ताजा र गुणस्तरीय बनाउने उद्देश्यले सुरु गरिएको कार्यक्रम अन्र्तगत महानगरले वीर अस्पतालमा खाद्य नमूना संकलन, अनुगमन र निरीक्षण गरेको हो ।
अनुगमन पछि सञ्चारकर्मीहरुसँगको कुरा गर्दै महानगरपालिकाका फुड टेक्नोलोजिष्ट अधिकृत अनिल बस्नेतले अस्पतालमा अनुगमन गर्दा खाद्य स्वस्च्छताको सबै नियमहरु पालना गरेको पाइएको जानकारी दिए ।
खासगरी सरकारी अस्पतालहरुमा यत्तिको खाद्य स्वस्च्छताको नियमहरु पालना गरेको कम मात्रामा नै भेटिने गरेको पनि उनले बताए ।
उनले भने,‘उहाँहरुले सबै यो खाद्य स्वस्च्छताको सबै नियमहरु पालना गर्नुभएको पाइएको छ । एकदमै राम्रो छ । काठमाडौं महानगरपालिकाभित्र अनुगमन गरिरहँदा यत्तिको अस्पतालमा विरलै भेटिन्छ । प्रत्यक्ष विरामीले खाने भएकाले पनि होला राम्रो पाएका छौं । यस्तो सरकारी अस्पताल कमै छन् ।’
त्यस्तै उनले महानगरपालिकामा धेरै उजुरीहरु आएको कारण खाद्य व्यवसायमा अनुगमन गर्न लागेको पनि बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’