- शिलान्यास कार्यक्रममा सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धिताल, उपाध्यक्ष सितली रोकाया, वडा अध्यक्षहरू, जनप्रतिनिधि तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
मुगु : जुम्लाको सिंजा गाउँपालिका वडा नम्बर ३ को राईके डाँडामा नेपालको भौगोलिकता समेटिएको खस राज्यको नक्सा निर्माणका लागि शिलान्यास गरिएको छ । एक विशेष समारोहका बीच प्रतिनिधिसभा सदस्य विनिता कठायतको हातबाट नक्साको संरचना शिलान्यास गरिएको हो ।
शिलान्यास कार्यक्रममा सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धिताल, उपाध्यक्ष सितली रोकाया, वडा अध्यक्षहरू, जनप्रतिनिधि तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सांसद कठायतले नेपालको नक्सा निर्माण मात्र नभइ भविष्यमा ऐतिहासिक खस राज्यको नक्सा पनि निर्माण गरिने जानकारी दिइन् ।
उनले भनिन्,‘भारतले महाभारतको नक्सामा नेपाल समेटेको देखिन्छ भने हामीले पनि खस राज्यको ऐतिहासिक नक्सा बनाउँदा भारतको भू–भाग समेट्दा किन नहुने ?’
नेपालका बिभिन्न पर्यटकीय क्षेत्र रहेपनि नेपाली भाषा उत्पत्ति भएको कनका सुन्दरीलगायत पर्यटकीय क्षेत्रहरुको प्रचार प्रचार हुनुका साथै सिन्जा भित्रका इतिहास, धार्मिक, रितिरिवाज, भेषभुषा र रैथाने अन्नबालीको प्रचारमा थप टेवा पुग्ने समेत बताएकी छन् ।
उक्त निर्माण कार्य सघन शहरी तथा भवन निर्माण आयोजना, जुम्लाबाट ठेक्का आव्हान गरिएको हो । आयोजनाका इन्जिनियर चन्द्रबहादुर खड्काका अनुसार परियोजनाको अनुमानित लागत एक करोड रुपैयाँ रहेको छ । निर्माण कार्यको जिम्मा ममता निर्माण सेवाले लिएको छ ।
परियोजना ऐतिहासिक, शैक्षिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण हुने स्थानीयको विश्वास छ । खस राज्यको राजधानी मानिएको सिंजा क्षेत्रमा यस्तो पहल हुनु आफैंमा गौरवको विषय भएको सिन्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले बताए । रारा जाने पर्यटकलाई पनि यसले आकर्षण गर्ने देखिन्छ । नक्सा निर्माणपछि क्षेत्रको पर्यटन प्रवद्र्धन र ऐतिहासिक सम्पदाको संरक्षणमा समेत टेवा पुग्ने अपेक्षा स्थानिय बासीहरुले गरिएका छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
-
बेत्रावतीमा २४ शव फेला परेको घरधनिको परिचय खुल्यो
-
श्रम संस्कृतिमा नयाँ विवाद, किराँती समुहलाई केन्द्रीय कमिटी बैठकमा बोलाइएन
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।