मुद्दा मिलाइदिन्छु भन्दै पत्रकारले दुई हजार रुपैयाँ माग गरेको गुनासो
२०८२ वैशाख ७ आइतबार
- चार महिनाअघि बलात्कार प्रयासबाट उम्किएकी नरहा गाउँपालिका, बर्छवाकी २५ वर्षीया आनन्दीदेवी सदाय मृत्यु प्रकरणमा रिर्पोटिङको लागि गएका सिरहाका एक पत्रकारले दुई हजार रुपैयाँ लिएको आरोप लगाएका छन्
सिरहा : सिरहामा एक दलित महिला बलात्कार प्रयास प्रकरणमा पत्रकारले नै रकम मागेको आरोप परिवारजनले लगाएका छन् ।
चार महिनाअघि बलात्कार प्रयासबाट उम्किएकी नरहा गाउँपालिका, बर्छवाकी २५ वर्षीया आनन्दीदेवी सदाय मृत्यु प्रकरणमा रिर्पोटिङको लागि गएका सिरहाका एक पत्रकारले दुई हजार रुपैयाँ लिएको आरोप लगाएका छन् ।
आनन्दी देवी सदायकी माइत पक्षबाट बोल्दै उनकी आमाले घटनाका बारेमा समाचार लेखेर मुद्दा अघि बढाइदिन्छु भन्दै थप रुपैयाँ मागेको बयान दिएको छ ।
नेपाल प्रहरीका एसएसपी परिवारजनसँग भेट गर्न गएको बेला नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै पीडित परिवारले पत्रकारले रुपैयाँ लिएको र थप मागेको पीडा सुनाइन् ।
को पत्रकारले रुपैयाँ मागेको सन्दर्भमा आफू नचिनेको बताउँदै उनकी आमा बिलटौन देवी सदायले होचो र गोरो अनुहारको हुलिया मात्र रहेको बताइन् । बिलटौन देवीका अनुसार उक्त मुद्दामा सहयोग गरिदिने, प्रहरीमा मुद्दा अघि बढाइदिने, दबाब दिलाइने भन्दै २५ हजार रुपैयाँ मागेको आरोप लगाएकी हुन् ।
पत्रकारले नै पीडितसँग उल्टै रकम मागेपछि असहाय रहेको सदाय परिवारले रकम दिन मानेनन् । घरको नुनतेल चल्ने रकम पत्रकारले नै लिएपछि उनीहरु थप पीडित भएको सुनाइन् । उनले त्यो पत्रकार पुनः घर आए चिन्ने बताए ।
आनन्दीदेवी सदायलाई गत ९ पुसको बिहान करिब ११ बजे माइती गाउ ँनजिकै रहेको नवराजपुर गाउँपालिका वडा नम्बर ३ जगतपुरमा स्थानीय २२ वर्षीय संजिवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले घेरा हालेर हरिनारायण यादवको आँपको बगैंचामा लगेर बलात्कार प्रयास गरेका थिए ।
न्यायको लागि प्रहरीमा धाएपनि सुनुवाई नभएपछि अन्ततः आनन्दी देवी सदायले मृत्यु रोजेको बताइन्छ । घर परिवारबाट समेत असहयोग भएपछि माइती घरमै उनी झुण्डिएको अवस्थामा फेला परेपछि बल्ला घटना बाहिरिएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
-
मधेशको आर्थिक वृद्धिदर १.३१ प्रतिशतमा सीमित
-
विश्व बजारमा कच्चा तेलको मूल्य ११० डलर नजिक
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’