- रौतहट : रौतहटमा बेमौषमी बर्षाका कारण पोल्नको लागि तयार पारिएको काँचो ईंटा गलेर पाँच करोड भन्दा बढीको क्षति भएको छ ।
- वर्षभरी बेच्नका लागि तयार भइरहेको र्इंट्टा वैशाख १ को हावाहुरी र असिना पानीले नष्ट गरेपछि र्इंट्टा व्यवसायीहरु आर्थिक समस्यामा परेका हुन् ।
- हावाहुरी र असिना सहितको पानीले गर्दा आफनो र्इंट्टा भट्टामा मात्रै पोल्नका लागि तयार पारिएको ईंट्टा भिजेर नष्ट भएको बृन्दावन नगरपालिका ३ स्थित कृष्णा ईंटा उद्योगका सञ्चालक प्रेम शंकर यादवले बताए ।
- उनले मजदुरहरुले बनाएर राखेको ईंटाहरु बेमौसमी परेको पानीले भिजेर पूर्ण रुपमा नष्ट भएको बताए । अहिले ईंटा नष्ट भएसँगै कोइला पनि पाउन मुस्किल भएको उनको गुनासो छ । प्रत्येक बर्ष हिउँदे बर्षाका कारण ईंट्टामा क्षति पुग्ने गरेको व्यवसायीहरु बताउँछन् ।
- रौतहट ईंटा उद्योग ब्यावसायी संघका सचिव मोहन साहले बेमौसमी पानीले गर्दा र्इंटा नष्ट भएपछि व्यवसायी मर्कामा परेको बताए । उनका अनुसार विविध कारण ईंटा उद्योग बन्द भएको अवस्थामा बर्षले थप क्षति गरेपछि निकै समस्या भएको हो ।
- ईंटा व्यवसायीको समस्या वा मर्कामा बारेमा तिनै तहका सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ । रौतहट जिल्लाभरीमा यस आर्थिक बर्षमा घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता रहेका लगभग ४२ वटा ईंटाभट्टाहरु सञ्चालनमा रहेका संघले जनाएको छ ।
रौतहट : रौतहटमा बेमौषमी बर्षाका कारण पोल्नको लागि तयार पारिएको काँचो ईंटा गलेर पाँच करोड भन्दा बढीको क्षति भएको छ ।
वर्षभरी बेच्नका लागि तयार भइरहेको र्इंट्टा वैशाख १ को हावाहुरी र असिना पानीले नष्ट गरेपछि र्इंट्टा व्यवसायीहरु आर्थिक समस्यामा परेका हुन् ।
हावाहुरी र असिना सहितको पानीले गर्दा आफनो र्इंट्टा भट्टामा मात्रै पोल्नका लागि तयार पारिएको ईंट्टा भिजेर नष्ट भएको बृन्दावन नगरपालिका ३ स्थित कृष्णा ईंटा उद्योगका सञ्चालक प्रेम शंकर यादवले बताए ।
उनले मजदुरहरुले बनाएर राखेको ईंटाहरु बेमौसमी परेको पानीले भिजेर पूर्ण रुपमा नष्ट भएको बताए । अहिले ईंटा नष्ट भएसँगै कोइला पनि पाउन मुस्किल भएको उनको गुनासो छ । प्रत्येक बर्ष हिउँदे बर्षाका कारण ईंट्टामा क्षति पुग्ने गरेको व्यवसायीहरु बताउँछन् ।
रौतहट ईंटा उद्योग ब्यावसायी संघका सचिव मोहन साहले बेमौसमी पानीले गर्दा र्इंटा नष्ट भएपछि व्यवसायी मर्कामा परेको बताए । उनका अनुसार विविध कारण ईंटा उद्योग बन्द भएको अवस्थामा बर्षले थप क्षति गरेपछि निकै समस्या भएको हो ।
ईंटा व्यवसायीको समस्या वा मर्कामा बारेमा तिनै तहका सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ । रौतहट जिल्लाभरीमा यस आर्थिक बर्षमा घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता रहेका लगभग ४२ वटा ईंटाभट्टाहरु सञ्चालनमा रहेका संघले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’