रामेछापको रजगाउँमा करेन्ट लागेर एक युवकको मृत्यु

२०८२ वैशाख ७ आइतबार
सारांश
  • शनिवार साँझ खाँडादेवी गाउँपालिका–४ को रजगाउँ स्थित तामाकोशीको बगरमा टिपरमा बालुवा लोड गर्ने क्रममा करेन्ट लाग्दा रामेछापकै लिखु तामाकोशी गाउँपालिका–५ का अन्दाजी २२ वर्षीय मणिराज तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।

रामेछाप : रामेछापको खाँडोदेवी गाउँपालिकामा करेण्ट लागेर एक युवकको मृत्यु भएको छ ।  


शनिवार साँझ खाँडादेवी गाउँपालिका–४ को रजगाउँ स्थित तामाकोशीको बगरमा टिपरमा बालुवा लोड गर्ने क्रममा करेन्ट लाग्दा रामेछापकै लिखु तामाकोशी गाउँपालिका–५ का अन्दाजी २२ वर्षीय मणिराज तामाङको ज्यान गएको प्रहरीले जनाएको छ । 


जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता विश्वनाथ यादवका अनुसार करेन्ट लागेर तामाङको घटनास्थलमा नै ज्यान गएको थियो । ‘टिपरमा बालुवा लोड गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो, मृतकको शव पोस्टमार्टम लागि मन्थली अस्पतालमा राखिएको छ’, यादवले भने ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार