- राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तरगत मकवानपुरमा पनि ६ महिनादेखि ५ वर्ष उमेर समुहका बालबालिकाहरुलाई भिटामिन ‘ए’ तथा १ देखि ५ वर्ष सम्मका बालबालिकालाई जुकाको औषधी खुवाउन सुरु गरिएको हो ।
मकवानपुर : मकवानपुरमा आज र भोलि (शनिबार र आइतबार) भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु गरिएको छ ।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तरगत मकवानपुरमा पनि ६ महिनादेखि ५ वर्ष उमेर समुहका बालबालिकाहरुलाई भिटामिन ‘ए’ तथा १ देखि ५ वर्ष सम्मका बालबालिकालाई जुकाको औषधी खुवाउन सुरु गरिएको हो ।
जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार दुइदिने अभियानमा ३३ हजार ३ सय १० बालबालिकालाई भिटामिन ‘ए’ तथा २९ हजार ३ सय ९९ जना बालबालिकालाई जुकाको औषधी खुवाइने लक्ष्य लिइएको छ ।
जसका लागि जिल्लाभरीमा ४ सय ७२ जना स्वयंसेविका परिचालन गरिएको जनस्वास्थ्य कार्यालय मकवानपुरका सुचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए ।
मकवानपुरको १० पालिकामध्ये हेटौंडा उपमहानगरपालिकाका १४ हजार ५ सय ८७ जना, थाहा नगरपालिकाका २ हजार ६ सय ८३, इन्द्रसरोवरमा ९ सय ४६, कैलाशमा १ हजार ४ सय ९८, राक्सिराङमा १ हजार ८ सय २५, मनहरीमा ३ हजार ५ सय ३९, भीमफेदीमा १ हजार ४ सय ७९, मकवानपुरगढीमा १ हजार ७ सय ६, बकैयामा २ हजार ९ सय ६ र बागमतीमा २ हजार १ सय ४१ बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने लक्ष्य लिइएको सुचना अधिकारी घिमिरेले जानकारी दिए ।
त्यस्तै हेटौंडा उपमहानगरपालिकाका १२ हजार ८ सय ७३ जना, थाहा नगरपालिकाका २ हजार ३ सय ६८, इन्द्रसरोवरमा ८ सय ३५, कैलाशमा १ हजार ३ सय २२, राक्सिराङमा १ हजार ६ सय ११, मनहरीमा ३ हजार १ सय २५, भीमफेदीमा १ हजार ३ सय ६, मकवानपुरगढीमा १ हजार ५ सय ४, बकैयामा २ हजार ५ सय ६५ र बागमतीमा १ हजार ८ सय ९० बालबालिकालाई जुकाको औषधी खुवाइने भएको छ ।
कार्यालयका अनुसार दश पालिकामध्ये सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकामा १२ हजार ८ सय ७३ जनालाई जुकाको औषधी र १४ हजार ५ सय ८७ जनालाई भिटामिन ‘ए’ खुवाइने भएको छ भने सबैभन्दा कम इन्द्रसरोवर गाउँपालिकाका इन्द्रसरोवरमा ९ सय ४६ जना बालबालिकालाई भिटामिन ‘ए’ र ८ सय ३५ लाई जुकाको औषधी खुवाइने भएको हो ।
सुचना अधिकारी घिमिरेका अनुसार हरेक वर्ष दुई चरणमा सरकारले देशैभरका उमेर लक्षित बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने गरेको छ ।
यसअघि मकवानपुरमा कात्तिक २ र ३ गते पहिलो चरणमा भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइएको थियो । साथै घर नजिकैको खोप केन्द्रमा गएर आफना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउनसमेत जनस्वास्थ्य कार्यालय मकवानपुरले अनुरोध गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’