- शुक्रबार काठमाडौंमा आयोजित महिला पुनर्वास केन्द्र ‘ओरेक’ को ३४ औं वार्षिकोत्सव समारोहमा उनले महिलाहरुबाटै ३३ प्रतिशत सहभागिताको माग हुने हुँदा महिलाहरुले आफ्नो अधिकार चिन्नपर्ने भन्दै अब सम्पूर्ण ठाउँमा महिलाको ५० प्रतिशत सहभागिता हुनुपर्ने बताए ।
काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीले सम्पूर्ण स्थानमा महिलाको ५० प्रतिशत सहभागिता हुनुपर्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित महिला पुनर्वास केन्द्र ‘ओरेक’ को ३४ औं वार्षिकोत्सव समारोहमा उनले महिलाहरुबाटै ३३ प्रतिशत सहभागिताको माग हुने हुँदा महिलाहरुले आफ्नो अधिकार चिन्नपर्ने भन्दै अब सम्पूर्ण ठाउँमा महिलाको ५० प्रतिशत सहभागिता हुनुपर्ने बताए ।
उनले भने, ‘२०७२ को संविधानले सम्पूर्ण अधिकार दिएको छ । तर त्यसमा महिला पर्नु भएको छैन् । ५१ प्रतिशत महिला जनसंख्या भएको देशमा महिलाहरुबाटै ३३ प्रतिशत सहभागिताको माग हुन्छ । आफ्नो अधिकार चिन्नपर्छ, लिनुपर्छ । परिवर्तन भएको छ । अब सम्पूर्ण ठाँउमा महिलाको ५० प्रतिशत सहभागिता हुनुपर्छ ।’
यस्तै, उनले २१ औं शताब्दी महिलाहरुको समय भएको भन्दै पहिलेको समयमा महिलामाथि भएको अन्याय अब नहुने बताए ।
उनले भने, ‘अहिले २१ औं शताब्दी चलिरहेको छ । यो समय भनेको महिलाहरुको समय हो । पितृसत्ता भनेर जुन पहिलाको समयमा महिलामाथि अन्याय भएको थियो त्यो अब हुने छैन् । हुन सक्दैँन् । किनभने अब महिला दिदिबहिनी, छोरीहरु जागरुक भइसकेका छन् ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’