शुद्धोधन गाउँपालिकाका अध्यक्षमाथि गोली प्रहार

२०८२ वैशाख ५ शुक्रबार
सारांश
  • जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी मोहनमणि अधिकारीले गाउँपालिकाका अध्यक्ष चौधरी माथि गोली प्रहार भएको पुष्टी गरेका छन् ।

रौतहट : कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी माथि गोली प्रहार भएको छ । मायादेवी गाउँपालिका वडा नं. १ पकडी स्थित उनको निवासमा नै गोली प्रहार भएको हो । 


जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी मोहनमणि अधिकारीले गाउँपालिकाका अध्यक्ष चौधरी माथि गोली प्रहार भएको पुष्टी गरेका छन् । उनका अनुसार पालिका अध्यक्ष चौधरीलाई लक्षित गरि प्रहार भएको गोली भित्तामा लागेको हो ।


गाउँपालिकाका अध्यक्ष चौधरी माथि बिहीबार मध्यरातको करिब  ११ः३० बजेको समयमा गोली प्रहार भएको डिएसपी अधिकारीले जानकारी दिए । प्रहरीले घटनास्थलबाट एक थान गोलिको खोका बरामद गरेको छ । 


राति विद्युत गएको समयमा चौधरी शौचालय गएर फर्कने क्रममा आफू माथि गोली प्रहारको घटना भएको जानकारी प्रहरीलाइ दिएको स्पष्ट पार्दै  यस घटनाको बारेमा आवश्यक अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार