- व्यापारीहरूलाई पत्रकार हुँ भन्दै धम्की दिई रकम असुल्ने गरेको आरोपमा वीरगञ्ज महानगरपालिका–१० घडिअर्वा घर भई हाल वीरगञ्ज–१६ नवगा टोल बस्ने ४५ वर्षीय विष्णु सर्राफलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।
रौतहट : व्यापारीहरूलाई धाक धम्की, अभद्र व्यवहार गरी रकम असुली गर्ने कार्यमा संग्लन रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
व्यापारीहरूलाई पत्रकार हुँ भन्दै धम्की दिई रकम असुल्ने गरेको आरोपमा वीरगञ्ज महानगरपालिका–१० घडिअर्वा घर भई हाल वीरगञ्ज–१६ नवगा टोल बस्ने ४५ वर्षीय विष्णु सर्राफलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।
यहाँका व्यापार व्यवसायीलाई पत्रकारिताको आडमा धाक धम्की दिई रकम असुल गर्ने जस्ता कार्य भई रहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलिले बाराको प्रसौनी गण्डक चोकबाट बिहीबार सर्राफलाई पक्राउ गरेको हो ।
बारा प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) विजयराज पण्डितका अनुसार पक्राउ परेका सर्राफमाथि धम्की, अभद्र व्यवहार र रकम असुली गरेको आरोपमा थप अनुसन्धान भइरहेको छ । गैरकानुनी गतिविधिमा संलग्न अन्यको पनि खोजी कार्य भैइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’