वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवद्वारा अपिल
२०८२ वैशाख ४ बिहिवार
- पछिल्लो केही दिन यतादेखि वीरगञ्जमा दुई समुदायबीच द्धन्द्ध भइरेकाले उनले सामाजिक सञ्जालमार्फत शान्ति र सद्भाव कायम राख्न सबै समुदाय एवं नागरिकहरुमा अपिल गरेका हुन् ।
काठमाडौं : खानेपानीमन्त्री प्रदीप यादवले वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न आम नागरिकमा अपिल गरेका छन् ।
पछिल्लो केही दिन यतादेखि वीरगञ्जमा दुई समुदायबीच द्धन्द्ध भइरेकाले उनले सामाजिक सञ्जालमार्फत शान्ति र सद्भाव कायम राख्न सबै समुदाय एवं नागरिकहरुमा अपिल गरेका हुन् ।
ऐतिहासिक क्रान्तिको शहर वीरगञ्जको मौलिक पहिचान धार्मिक स्थलहरू, विशिष्ट तरिकाले मनाइने पर्व–यात्राहरू र सामाजिक सांस्कृतिक सामन्जस्यले पनि भएको र नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धार्मिक–सांस्कृतिक आस्थाको स्वतन्त्रता दिएको उनले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन् ।
यसैगरी मन्त्री यादवले वीरगञ्ज क्षेत्रमा एक अर्का समुदायको पर्व–यात्रामा मिलिजुली मनाउने, सहयोग तथा सद्भाव राख्ने गौरवशाली परम्परा रहि आएको तथा यहाँका बासिन्दाहरूको सुझबुझ र समझदारीले गर्दा देखा पर्ने पारस्परिक तनाव वा असमझदारीलाई आपसी संवादको माध्यमबाट समाधान गर्ने गरिएको विगत रहेको बताए ।
वीरगञ्ज सबैको साझा फुलवारी भएको र यहाँ शान्ति, सद्भाव एवं मेल–मिलाप कायम राख्नु सबैको साझा जिम्मेदारी भएको बताए ।
हाल केही दिनदेखि वीरगञ्जमा शान्ति सद्भावमा खलल पु¥याउने, उत्तेजना फैलाउने अभिव्यक्ति दिने, सार्वजनिक वा निजी सम्पत्ति माथि तोड़फोड़ गर्ने, आगो लगाउने, वा अभद्रता गर्ने जो कोहीलाई दण्डित गर्न स्थानीय प्रशासनले कानून बमोजिम काम गरिरहनुपर्ने एवं आफ्नो प्यारो शहरमा तनाव टुसाएको समयदेखि नै आफू व्यक्तिगत रूपमा पर्सा जिल्लाका प्रशासन र प्रहरीको निरन्तर सम्पर्कमा रहेको जानकारी दिए ।
‘विभिन्न समुदायका अगुवाहरूसँग समन्वय र सल्लाह गरि शान्ति स्थापित गर्ने प्रयासमा छु । वीरगञ्ज क्षेत्रका सबै नागरिकहरूसँग सामाजिक सद्भाव र शान्ति कायम राख्न विनम्र अपील गर्दछु । स्थानीय प्रशासनले दोषीको पहिचान गरि कानूनी कारबाइ अगाड़ी बढाउनुपर्छ । शान्ति र सद्भावका लागि गरिने प्रयत्न हो हल्ला र प्रचारबाजी भन्दा नेपथ्यबाट गम्भीर प्रयास गरिनुपर्छ भन्ने मेरो मान्यता हो । म नगरवासीलाई विश्वास दिलाउन चाहन्छु, हामी सबैको प्रयासले वीरगञ्ज आफ्नो पुरानै लयमा अवश्य नै फर्किन्छ ।’ सामाजिक सञ्जालमार्फत उनले अपील गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’