मन्त्री सिंहद्वारा मोरङको सीमावर्ती क्षेत्रका पुलको उद्घाटन
२०८२ बैशाख ४ बिहिवार
- जहदा–२ स्थित जुडी खोलामा निर्मित पुल, कटकरी गाउँपालिका वडा २ र जहदा–४ जोड्ने लोहन्द्रा खोलाको, जहदा गाउँपालिका–७ स्थित भारतीय सीमा जोड्ने लोहन्द्रा खोलमा बनेको पुलको उपप्रधानमन्त्री सिंहले उद्घाटन गरेका हुन् ।
विराटनगर : उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले बुधबार मोरङको सीमावर्ती जहदा गाउँपालिकामा तीन वटा पुलको उद्घाटन गरेका छन् ।
जहदा–२ स्थित जुडी खोलामा निर्मित पुल, कटकरी गाउँपालिका वडा २ र जहदा–४ जोड्ने लोहन्द्रा खोलाको, जहदा गाउँपालिका–७ स्थित भारतीय सीमा जोड्ने लोहन्द्रा खोलमा बनेको पुलको उपप्रधानमन्त्री सिंहले उद्घाटन गरेका हुन् ।
पुल उद्घाटनका लागि आएका उपप्रधानमन्त्री सिंहले राष्ट्र हितलाई ध्यानमा राखेर र जनतालाई केन्द्रमा राखेर बिस्तारै काम गर्दै जानुपर्ने बताए । सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले संघीयता, समावेशिता, धर्मनिरपेक्षतालगायतका जनअधिकार संविधानसभाबाट आएको संविधानले सुनिश्चित गरेको बताए ।
संविधान आइसकेपछि केहीले व्यवस्था परिवर्तन भयो तर हाम्रो अवस्था नै परिवर्तन नभएको गलत भाष्य निर्माण गरिरहेको उनको भनाई छ ।
कांग्रस एमाले सरकार निर्माणको सहमति अनुसार संविधान संशोधनका लागि कार्यदल गठन गरेर सरकारले प्रक्रिया अघि बढाएको सिंहले बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
-
बेत्रावतीमा २४ शव फेला परेको घरधनिको परिचय खुल्यो
-
श्रम संस्कृतिमा नयाँ विवाद, किराँती समुहलाई केन्द्रीय कमिटी बैठकमा बोलाइएन
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।