अधूरो पुल निर्माणको माग गर्दै जनकपुर–ढल्केवर सडकमा चक्काजाम
२०८२ बैशाख ३ बुधबार
- बुधबार (आज) चक्काजाम गर्दै उनीहरूले सरकार र निर्माण व्यवसायीप्रति आक्रोश व्यक्त गरेका छन् ।
जनकपुर : ढल्केवर सडक खण्डअन्तर्गत मिथिला नगरपालिका–२ र ६ को सीमामा पर्ने बसही खोलामा अधूरो पुल निर्माणको माग गर्दै स्थानीयवासीले चक्काजाम गरेका छन् ।
बुधबार (आज) चक्काजाम गर्दै उनीहरूले सरकार र निर्माण व्यवसायीप्रति आक्रोश व्यक्त गरेका छन् ।
राजु कन्ट्रक्सन कम्पनीले लामो समयदेखि पुल निर्माणको जिम्मा लिएर बेवास्ता गर्दै आएको स्थानीयवासीको आरोप छ । लामो समयदेखि पुल निर्माण अधुरोध रहेका कारण दर्जनौँ मानिस दुर्घटनामा परेर ज्यान गुमाइसकेका छन् ।
मिथिला नगरपालिका–६ का वडाध्यक्ष नन्दकिशोर यादवले पुल निर्माणका नाममा भइरहेको लापरबाही जनताको जीवनसँग खेलवाड भएको टिप्पणी गर्दै भने, ‘हामीले धेरै सह्यौं, अब धैर्यको सीमा नाघेको छ। यदि तत्काल निर्माण सुरु भएन भने जनस्तरबाट संघर्ष चर्किनेछ ।’
उनका अनुसार आजै प्रमुख जिल्ला अधिकारीसँग छलफल हुँदैछ । वार्ता सकारात्मक नभए आमसभा, धर्ना, मसाल जुलुसजस्ता आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी पनि उनले दिए ।
पुल नहुँदा साना सवारीसाधन खोलाको पेटीबाट जोखिम मोलेर ओहोरदोहोर गर्न बाध्य छन्। चक्काजाममा स्थानीय जनप्रतिनिधि, सर्वसाधारण, युवा र विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
-
रास्वपा सभापति लामिछाने र बागमतीका मुख्यमन्त्री थापाबीच भेटवार्ता
-
भोटेकोशी बाढीपछि हालसम्म ७८८ जनाको शव फेला
-
भोटेकोशीको जस्तो बाढी अहिलेसम्म देखिएको थिएन, यो साझा पीडा हो- ओली
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।