- नयाँ वर्ष २०८२ सालको पहिलो दिन झण्डै १० हजार मानिसले शैलुङ भ्रमण गरेका स्थानीय व्यवसायी दावासाङबु शेर्पाले जानकारी दिए । विगतका वर्षमा भन्दा पनि यस वर्ष नयाँ वर्षको पहिलो दिन नै धेरै मानिसहरू जमघट भएका उनले बताए ।
रामेछाप : प्राकृतिक एवं धार्मिक पर्यटकीय स्थल शैलुङमा नयाँ वर्षमा घुम्न जाने मानिसको घुइँचो लागेको छ ।
नयाँ वर्ष २०८२ सालको पहिलो दिन झण्डै १० हजार मानिसले शैलुङ भ्रमण गरेका स्थानीय व्यवसायी दावासाङबु शेर्पाले जानकारी दिए । विगतका वर्षमा भन्दा पनि यस वर्ष नयाँ वर्षको पहिलो दिन नै धेरै मानिसहरू जमघट भएका उनले बताए ।
समुन्द्री सतहदेखि ३ हजार ३ सय मिटर उचाइमा रहेको शैलुङ धार्मिक हिसाबले पुण्य भूमि मानिन्छ । शैलुङलाई हिन्दु र बौद्धधर्मावलम्बीले पवित्र तीर्थस्थल मान्दछन् । हिन्दु धर्मावलम्बीले यो भूमिलाई शिवले ध्यान गरेको भूमि मान्दछन् भने बौद्ध धर्माबलम्बीहरुले बुद्धले पाइला टेकेको भूमि मान्दछन् ।
दृश्यावलोकनको हिसाबले पनि शैलुङ निक्कै रमणीय छ । प्राकृतिक रूपमा बनेका माटाका एक सय भन्दा बढी थुम्का र ती थुम्कामा गलैँचा ओछ्याए जस्तै गरी उम्रिएको दुबोले शैलुङ निक्कै रमणीय देखिन्छ । साथै यहाँबाट देखिने हिमशृङखला दृश्यावलोकनको लागि मन लोभ्याउने दृश्य हुन् ।
जाडो महिनामा हिउँ पर्ने शैलुङमा बाह्रै महिना चिसो हुन्छ । वर्षा याममा विभिन्न जातका भुईँफूल फुल्ने शैलुङमा अहिले विभिन्न जातका गुराँस र चिमल फुलेका छन् । यति बेला गुराँस र चिमलले शैलुङ सिँगारिएको छ ।
यस बाहेक चौँरी हेर्नेलाई पनि शैलुङ महत्त्वपूर्ण गन्तव्यको थलो बनेको छ । शैलुङ क्षेत्रमा चर्ने चौँरी र चौँरीका दूधबाट बनेका परिकार समेत खना पाउने भएकोले पर्यटकहरूका लागि यो रमणीय गन्तव्य बेनको छ ।
रामेछापको दोरम्बा शैलुङ गाउँपालिका र दोलखाको शैलुङ गाउँपालिकाको सिमानामा पर्ने शैलुङसम्म पुग्न रामेछाप र दोलखा दुवै तिरबाट सडक बनेको कारण अहिले शैलुङको यात्रा सह बनेको छ । त्यसैले शैलुङमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ ।
शैलुङमा जनै पूर्णिमा, चैतको पूर्णिमा र नयाँ वर्षमा ठुलो मेला लाग्ने गरेको छ । यहाँको मेला भर्न रामेछाप सहित दोलखा, सिन्धुपाल्चोक र काभ्रेपलान्चोक, काठमाडौं उपत्यका लगायतका स्थानबाट मानिसहरू आउने गर्दछन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
धादिङको चरौदी–घ्यालचोक झोलुङ्गे पुल बगायो
-
विपदमा सरकारलाई साथ दिन्छौं, केन्द्रले प्रदेश र स्थानीय तहसँग समन्वय गरोस्- गगन थापा
-
स्टारलिङ्कले भन्यो- अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन तयार छौं
-
बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ
-
भारतबाट सुरुङमा उद्धारका लागि प्राविधिक टोलीसहित थप ११ टन राहत सामग्री आइपुग्यो
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।