- वेस्टर्न मोटर्स गएको मार्च महिनाको ६ तारिकदेखि ३१ सम्म टाटाका गाडी खरिद गर्ने प्रत्येक १६ जना मध्ये एक जनालाई लक्की ड्रमार्फत आइफोन १६ उपहार दिने घोषणा गरेको थियो ।
काठमाडौँ : काठमाडौंको नारायण गोपाल मार्गमा रहेको वेस्र्टन मोटर्सले आफ्ना टाटाका ग्राहकमध्ये एक जनालाई लक्की ड्रमार्फत आइफोन १६ उपहार दिएको छ ।
वेस्टर्न मोटर्स गएको मार्च महिनाको ६ तारिकदेखि ३१ सम्म टाटाका गाडी खरिद गर्ने प्रत्येक १६ जना मध्ये एक जनालाई लक्की ड्रमार्फत आइफोन १६ उपहार दिने घोषणा गरेको थियो ।
सोहि अनुरुप तोकिएको मितिमा जम्मा २५ वटा गाडी बिक्री भएको र एकजनालाई आईफोन १६ उपहार दिएको जानकारी दिइएको छ ।
आईफोन १६ प्राप्त गर्नेमा ललितपुरकी रिना जोशी रहेकी छिन् । लक्की ड्र कार्यक्रममा रिना उपस्थित थिइनन् । त्यसैले उनलाई केहि समयमा उक्त उपहार प्रदान गरिने जानकारी दिइयो ।
वेस्टर्न मोटर्सका अध्यक्ष खगेन्द्र बमले आफ्नो कम्पनीबाट गाडी खरिद गर्ने गा्रहकलाई खुसी बनाउनका लागी मार्च महिनामा नयाँ स्किम ल्याएको जानकारी दिए । साथै उनले आगामी दिनमा पनि वेस्टर्न मोटर्सले यस्तै स्किम ल्याउँदै जाने बताए ।
कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कलाकार शेरबहादुर डिसीले यसरी कम्पनीले समय समयलाई ल्याउने स्किमले ग्राहकहरुमा टाटाका सवारी साधन किन्नमा रुचि जगाउने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’