- आजबाट सञ्चालनमा आएको यो १८डी सिनेमाको महानायक हमालले रिवन काटेर उद्घाटन गरेसँगै करिब १० मिनेट लामो सिनेमा समेत हेरेका थिए ।
कामठाडौं : महानायक राजेश हमालले कमलपोखरीस्थित सिटी सेन्टरको तेस्रो तलामा आज सोमबार नेपाली नयाँ वर्षको अवसरमा १८डी सिनेमाको उद्घाटन गरेका छन् । फ्लाईओभर इन्टरटेनमेन्ट सञ्चालमा ल्याएको हो ।
आजबाट सञ्चालनमा आएको यो १८डी सिनेमाको महानायक हमालले रिवन काटेर उद्घाटन गरेसँगै करिब १० मिनेट लामो सिनेमा समेत हेरेका थिए । नेपालमा पहिलो पटक १८डी प्रविधिमा हरेक दृश्यमा आफैलाई महसुस गर्दै सिनेमा हेर्नु पाउनको अनुवभ नै महत्त्वपुर्ण रहेको महानायक हमालले बताए । त्यससँगै आफुले १८डी सिनेमा हेरिरहँदा छुट्टै थ्रिल महसुस समेत गरेको उनको दाबी थियो ।
फ्लाईओभर इन्टरटेनमेन्टका सञ्चालक राम थापा र हिमाल गुरुङ हुन् । १८डी सिनेमामा १०देखि ३० मिनेटसम्मका सिनेमा हेर्न पाउनुका साथै ३६० भिजुयल, सिटको गती, जमिनको कम्पन, हेड सेट तथा चश्माबिना सिधा भिजुयलको सवै उमेर समुहका दर्शकले गर्न पाउने आयोजकले जानकारी दिएको छ ।
यस १८ डी सिनेमामा डायनासोरको युग फर्किने यात्रा, समुन्द्रको गहिराईमा खोजी, अन्तरिक्षको रोमाञ्चक युद्ध, साहासिक जंगल एडभेञ्चर लगायतका थ्रिलिङ्ग अनुभव गराउने सिनेमाहरु उच्च गुणस्तरिय प्रविधिमा हेर्न सकिनेछ । यो सिनेमाको अनुभवको लागि दर्शकलाई तीनसय रुपैंयाको टिकट व्यावस्था गरिएको सञ्चालक गुरुङले बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।