- कार्यक्रममा नेपाल प्रहरीका प्रवक्ता दिनेश कुमार आचार्यले पत्रकारिता राज्यको चौथो अंग भएकाले यसले समाज कस्तो बनाउने भनेर निर्धारण गर्ने बताए ।
काठमाडौं : अनलाइन टिभी पत्रकार संघ, नेपालको आयोजनामा बिहीवार ‘रिपोर्टिङका बेला पत्रकार आफैले अपनाउनु पर्ने सुरक्षा सतर्कता’ सम्बन्धी अभिमुखकिरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल प्रहरीका प्रवक्ता दिनेश कुमार आचार्यले पत्रकारिता राज्यको चौथो अंग भएकाले यसले समाज कस्तो बनाउने भनेर निर्धारण गर्ने बताए ।
उनले भने, ‘हामी पत्रकारितालाई राज्यको चौथो अंग भन्छौ । यसले अहिले समाज कता गइरहेको छ र समाज कस्तो बनाउने भनेर स्पष्ट रुपमा देखाउछ । किनभने हामीले तयार गरेको भिडियोले के देखाउँछ, हामीले के देखाउँछौ त्यसकै आधारमा मान्छेको धारणा बनाउछन् । हामीले समाजलाई तस्विर दिन्छौ । त्यो तस्विर समाजले हेर्ने भएकाले समाज हामीले बनाउने हो ।’
उनले आजको समाजले हरेक कुरालाई सामाजिक सञ्जालमार्फत नकरात्मक रुपमा मात्र लिइरहेकाले समाज एग्रेसिप भएको बताए । समाज सुधारका लागि पत्रकारिताको भूमिका महत्वपूर्ण हुने पनि बताए ।
यस्तै, संघका अध्यक्ष जीवन भण्डारीले अनलाइन टिभी पत्रकारहरुलाई प्रेस काउन्सिल नेपालको पत्रकार आचार सहिताले नसमेट्ने भन्दै स्वनियमन गर्न निर्देशिका बनाएको जानकारी दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।