काठमाडौंको तीनकुने क्षेत्रमा आगजनी, तोडफोड गर्ने थप ६ जना पक्राउ

२६ चैत्र, २०८१, मङ्गलवार
सारांश
  • प्रहरीका अनुसार काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति प्राप्त भई अनुसन्धान भईरहेको छ ।

काठमाडौँ, २६ चैत । गत चैत्र १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा भएको प्रदर्शनको क्रममा आगजनी, तोडफोड गर्ने थप ६ जना पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा सर्लाही घर भएका ललितपुर टिकाथली बस्ने २२ वर्षका अमित शाह, सुनसरी धरानका १९ वर्षका सुमन कार्की, बर्दियाका ३४ वर्षका हेमराज थारु पक्राउ परेका हुन् ।

 

यस्तै धादिङका २७ वर्षीय दिवस बोगटी क्षेत्री, काभ्रेपलाञ्चोक घर भएका ३० वर्षकी अनिता कुँवर(ऐनी), सन्धुपाल्चोकका ३० बर्षका ३० कुमार तामाङ पक्राउ परेका हुन् ।

 

उनीहरुलाई काठमाडौंको विभिन्न स्थानहरुबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौले जानकारी दिएको छ । प्रहरीका अनुसार काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति प्राप्त भई अनुसन्धान भईरहेको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार