वीरेन्द्रनगरमा ‘एक घर दुई बिरुवा, हामी आफैँ कुरुवा’ कार्यक्रम

२०८१ चैत्र २१ विहिबार
सारांश
  • कार्यक्रमअन्तर्गत वीरेन्द्रनगरभित्र नयाँ घर निर्माण गर्ने घरधनीले आफ्नो आँगनमा दुई बिरुवा वृक्षारोपण गर्नुपर्ने छ भने त्यसको रेखदेख पनि आफैँले गर्नुपर्ने छ ।

सुर्खेत : वीरेन्द्रनगरलाई सुन्दर, सफा र हरियालीयुक्त सहर बनाउने दीर्घकालीन लक्ष्यका साथ हरित वीरेन्द्रनगरको अवधारण अघि सारिएको छ । नगरपालिकाले ‘एक घर दुई बिरुवा, हामी आफैँ कुरुवा’ कार्यक्रम सञ्चालन गरेको छ । 


कार्यक्रमअन्तर्गत वीरेन्द्रनगरभित्र नयाँ घर निर्माण गर्ने घरधनीले आफ्नो आँगनमा दुई बिरुवा वृक्षारोपण गर्नुपर्ने छ भने त्यसको रेखदेख पनि आफैँले गर्नुपर्ने छ ।


नगरपालिकाको यो नीतिले वीरेन्द्रनगरलाई हरियाली र सुन्दर बनाउन सघाउ पुग्ने अपेक्षा लिएको नगरपालिकाले जनाएको छ । 


वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले अब वीरेन्द्रनगरमा नयाँ घर निर्माण गर्नेले दुई बिरुवा रोप्नै पर्ने नीति बनाएको बताउँदै वृक्षारोपण अभियान पनि चलाएको बताइन् ।


सडकछेउमा अहिले फलफूलका बिरुवासमेत रोपिएका छन् । नगरपालिकाले ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा वितरण गरिरहेको छ । नगरपालिकाले प्लास्टिकमुक्त नगर बनाउने गरी योजना बनाएको र त्यसलाई कार्यान्वयन गर्न सबै नागरिक जागरुक हुनुपर्ने उनको भनाइ छ ।


वीरेन्द्रनगर नगरपालिकामा तीन सय ५० भन्दा बढी टोल विकास समिति छन् । टोल विकास समितिले पनि आफ्नो टोल हरियाली बनाउनु पर्छ भनेर सचेतना र अभियान चलाइरहेको नगर प्रमूख ढकालले जानकारी दिईन् ।


वीरेन्द्रनगर नगरपालिकाले लागि नगरभित्र संरक्षणको अभावमा रहेका ताल, पार्क र चौतारी पुनःर्निर्माण गरेर पर्यटन प्रवद्र्धन गर्ने योजना बनाइएको ।


बुलबुलेमा ताल संरक्षण, घण्टाघरमा पार्क निर्माण र छहारी बस्नका लागि वर–पिपलसहितका चौतारी संरक्षण गरिएको नगरप्रमुख मोहनमाया ढकालले बताइन् । ताल संरक्षण पछि बिदाको समयमा बुलबुले तालमा मात्र दैनिक सात सय जनाले अवलोकन गर्ने गरेको जनाइएको छ ।


हालै सञ्चालनमा आएको घण्टाघर पार्कमा मात्र दैनिक चार÷पाँच सय नागरिकले अवलोकन गर्ने गरेका छन् । उनीहरूले फोटो खिच्ने र भिडियो बनाउने गरेका छन् । आन्तरिक पर्यटकको पहिलो गन्तव्यको रूपमा वीरेन्द्रनगरका काँक्रेविहार, बुलबुले ताल, सहिद पार्क र घण्टाघर पार्कलाई लिन सकिन्छ ।


नगरपालिकाले जीर्ण अवस्थामा रहेका संरचनाको पुननिर्माण गरेर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले वर–पिपलसहितका चौतारी निर्माण तथा नयाँ–नयाँ पर्यटकीय संरचनाको निर्माणमा जोड दिएको हो ।


वीरेन्द्रनगरको अर्को प्रमुख पर्यटक गन्तव्यको रूपमा सहिद पार्कलाई लिन सकिन्छ । पार्क व्यवस्थित बनेसँगै दैनिक पार्क अवलोकन गर्नेको घुँइचो लाग्ने गरेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार