- सहमतिसँगै युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले अनसन स्थलमै पुगि ८ दिनदेखि अनसनमा रहेकोलाई जुस खुवाइ आन्दोलनका कार्यक्रम स्थगित गरेको छ ।
काठमाडौं: नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले सहसचिव सुवास चन्द्र शिवाकोटीको नेतृत्वमा गठन गरेको सरकारी वार्ता टोली र नेपाल स्काउट शुद्धिकरण अभियानको वार्ता टोलीबिच ५ बुँदे सहमति भएको छ ।
मन्त्रालयमा बुधबार अबेर भएको सहमतिमा नेपाल स्काउट शुद्धिकरण अभियानले उठाएका माग सम्बोधन गर्ने गरी मिति २०८१÷१२÷१६ गते मन्त्रालयकै उपसचिव रमा भट्टराईको नेतृत्वमा गठित छानबिन समितिलाई ७ सदस्यीय पु¥याउने, छानबिन अवधिभर नेपाल स्काउटको कार्यालय संचालनका लागि कार्यकारी निर्देशकको रुपमा कामकाज गर्नका लागि नियमानुसार कार्यरत कर्मचारीलाई जिम्मेवारी दिने, नेपाल स्काउटको प्रधान कार्यालय लैनचौर, काठमाडौँमा जारी अनसन लगायतका आन्दोलनका कार्यक्रम स्थगित गर्ने विषयमा सहमति भएको थियो ।
सहमतिसँगै युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले अनसन स्थलमै पुगि ८ दिनदेखि अनसनमा रहेकोलाई जुस खुवाइ आन्दोलनका कार्यक्रम स्थगित गरेको छ ।
प्रमुख आयुक्त देवराज घिमिरेको समेत उपस्थिति रहेको सो कार्यक्रममा बोल्दै मन्त्री चौधरीले स्काउटको विकासका लागि नेपाल स्काउटका नाममा देशभर रहेको जग्गा लगायतका भौतिक सम्पतिको खोजबिन गरी व्यवसायिक प्रयोजनमा लगाई आय वृद्धि गर्न कार्यमा सबै सक्रिय हुन् आह्वान गरेका थिए ।
बुधबार भएको सहमतिसँगै आन्दोलनका क्रममा उठाइएका मागका बारेमा वार्ता टोलीले छानबिन गरी तोकिएको समयसीमा भित्रै प्रतिवेदन पेश गर्न मन्त्री चौधरीले निर्देशन दिइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।