२००७ सालको जनक्रान्ति र रेडियो नेपाल नेपालको इतिहासमा दुई जुम्ल्याहा घटना हुन्: राष्ट्रपति
२० चैत्र, २०८१, बुधवार
- २००७ सालको जनक्रान्तिको युगान्तकारी सन्देशलाई गाउँगाउँ र जनजनमा पुर्याउन रेडियो नेपालले महत्वपूर्ण भूमिका खेलेको थियो ।
काठमाडौं, २० चैत । राष्ट्रपति रामचन्द्र पौडेलले २००७ सालको क्रान्तिकोसैद्धान्तिक र वैचारिक धरातलको निर्माण नै रेडियो नेपालले गरेको बताएका छन् ।
बुधबार रेडियो नेपालको ७५ औं वार्षिकोत्सव तथा हीरक महोत्सवमा बोल्दै उनले २००७ सालको जनक्रान्तिको युगान्तकारी सन्देशलाई गाउँगाउँ र जनजनमा पुर्याउन रेडियो नेपालले महत्वपूर्ण भूमिका खेलेको बताएका हुन् ।
उनले भने, ‘२००७ सालको जनक्रान्ति र रेडियो नेपाल नेपालको इतिहासमा दुई जुम्ल्याहा घटना हुन् । २००७ सालको जनक्रान्तिको युगान्तकारी सन्देशलाई गाउँगाउँ र जनजनमा पुर्याउन रेडियो नेपालले महत्वपूर्ण भूमिका खेलेको थियो । यो मुलुकमा प्रजातन्त्र स्थापनाको ऐतिहासिक घटनाक्रमसँग जोडिएको मात्र होइन देश प्रसारण माध्यमको युगमा प्रवेशको स्थानविन्दु पनि थियो । खासमा २००७ सालको क्रान्तिको सैद्धान्तिक र वैचारिक धरातलको निर्माण नै रेडियो नेपालले गरेको हो भन्ने म ठान्दछु।’
साथै उनले साढे सात दशकदेखि अनवरत रुपमा कार्यक्रम सम्प्रेषण गर्दै आएको रेडियो नेपाल सार्वजनिक सेवा प्रसारण संस्थामा रुपान्तरण भएको थाहा पाउँदा आफूलाई खुसी लागेको समेत बताए ।
उनले भने, ‘मुलुकै प्रमुख आमसञ्चारमा रुपमा साढे सात दशकदेखि अनवरत सत्य, तथ्य सूचना, सन्देश र मनोरञ्जनात्मक कार्यक्रम सम्प्रेषण गर्दै आएको रेडियो नेपाल सार्वजनिक सेवा प्रसारण संस्थामा रुपान्तरण भएको थाहा पाउँदा मलाई अत्यन्त खूसी लागेको छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
-
रास्वपा सभापति लामिछाने र बागमतीका मुख्यमन्त्री थापाबीच भेटवार्ता
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।