- जिल्ला प्रहरी कार्यलय रौतहटले बुधबार एक प्रेस नोट जारी गरि प्र–२–०३–००१ ज १३१ नम्बरको पिकअप गाडीबाट किरानाको सामन बरामद गरेको उल्लेख गरेको छ ।
रौतहट : रौतहटको गौरबाट प्रहरीले भन्सार छली गरेर ल्याएको समान पिकअप गाडी सहित एक जनालाई पक्राउ गरेको छ । गौर नगरपालिका वडा न .४ बसपार्कबाट चेकजाँचका क्रममा बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यलय रौतहटले बुधबार एक प्रेस नोट जारी गरि प्र–२–०३–००१ ज १३१ नम्बरको पिकअप गाडीबाट किरानाको सामन बरामद गरेको उल्लेख गरेको छ ।
जिल्ला प्रहरी कार्यलय रौतहटका प्रवक्ता दिपक कुमार रायका अनुसार कटहरिया बस्ने बर्ष २२ को निरज कुमार साहलाई पक्राउ गरिएको छ । बरामद सामन र पिकअप गाडीको ७ लाख ९९ हजार ९६० मुल्यांकन गरिएको उनले जानकारी दिए ।
बरामद सामन , पिकअप गाडी र पक्राउ परेकालाई अवस्यक कारबाहीको लागि गौर भन्सारमा बुझाइएको जिल्ला प्रहरी कार्य लय रौतहटले जनाएको छ । पछिल्लो समयमा भारतसंग सिमा जोडिएको रौतहटमा विभिन्न नाकाबाट अवैध रुपमा विभिन्न सामनहरु तस्करी हुने गरेको छ ।
भारतीय बजारको विभिन्न सामाग्री विना भन्सार रौतहटको चन्द्रपुर, कटहरिया, गरुडा पुग्ने गरेको केही व्यापारीले बताएका छन् । विभिन्न नाकाबाट तस्करीको माध्यमबाट नेपालमा सामन भित्रन थालेपछि सरकारको राजस्वमा समेत प्रभावित हुदै आएकोे छ । लक्ष्मीपुर बेलबिछवा, महादेव पट्टी, टिकुलिया बाँध, लालबकैया, बन्जरहा, औरैया, मठिया, डुमरिया परोहा, राजपुर, बंकुल र नरकटिया भएर तस्करहरूले विभिन्न सामाग्री तस्कर गर्ने गरेको पाईन्छ । लताकपडा, श्रृंगारका सामन, ईलोक्ट्रोनिक्स उपकरण र खद्यान्न लगायतका सामनहरुको तस्करी समेत बढेपछि रौतहट प्रहरीको टोलीले सिमावर्ती क्षेत्रमा निगरानी बढाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’