धनुषाको मुखियापट्टीमा ११ वटा बिना दर्ता सञ्चालनमा रहेका विद्यालयहरु बन्द
१९ चैत्र, २०८१, मगलवार
- बन्द गरिएका विद्यालयहरुमा आफ्ना बालबालिकालाई भर्ना नगर्न पालिकाले अभिभावकहरुसंग आग्रहसमेत गरेको छ ।
जनकपुर, १९ चैत । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा बिना दर्ता सञ्चालनमा रहेका ११ वटा निजी विद्यालयहरू बन्द गराइएको छ ।
गाउँपालिका अध्यक्ष जयकुमार यादवले एक सूचना जारी गर्दै पालिका भित्र सञ्चालित दर्ता बिनाको ११ वटा निजी विद्यालय बन्द गराइएको जानकारी दिएका छन् । बन्द गराइएका विद्यालयहरुमा न्यू स्काई ईङ्गलिस स्कुल, तराई ईङ्गलिस बोर्डिङ स्कुल, चाईल्ड डेभेलपमेन्ट एण्ड लर्निङ सेन्टर, गंगालाल शिशु पाठशाला, आर्दश विद्या ईङ्गलिस स्कुल, गोल्डेन भ्याली एजुकेशनल एकेडमी, सेन्ट जेभियर ईङ्लिस बोर्डिङ स्कुल, उज्वल विद्या ईङ्लिस एकेडमी, जिनियस ईङ्लिस बोर्डिङ स्कुल, आराध्या पब्लिक स्कुल, आरोही इन्टरनेशनल एकेडमी रहेका छन् ।
अनुमति बिना सञ्चालनमा रहेका निजी तथा संस्थागत विद्यालयहरूलाई पटक–पटक बन्द गर्न आग्रह गरिए पनि उक्त विद्यालयहरूले पालिकाको निर्देशनको अटेर गरे पछि कार्यपालिका समितिको निर्णयअनुसार ती विद्यालयहरूमा तालाबन्दी गरिएको सूचनामा उल्लेख रहेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार गाउँपालिकाभित्र आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षा सञ्चालन एवं व्यवस्थापनको अधिकार स्थानीय तहलाई हुने व्यवस्था छ । यसैअनुरूप स्थानीय तहले शिक्षाको गुणस्तर सुधार गर्न यो प्रयास गरिएको अध्यक्ष यादवले जनाएका छन् ।
बन्द गरिएका विद्यालयहरुमा आफ्ना बालबालिकालाई भर्ना नगर्न पालिकाले अभिभावकहरुसंग आग्रहसमेत गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ- शिक्षामन्त्री पोखरेल
-
परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।