एमाले र केपी ओलीलाई असफल गराउन देशी–विदेशी शक्तिले वितण्डा मच्चाएका छन् : कमल चौलागाईँ
२०८१ चैत्र १८ सोमवार
- एमाले र केपी ओलीले राष्ट्रको रक्षा, देशको स्वाधीनता, स्वाभिमान, विकास र समृद्धिका लागि काम गरेकै कारण निरन्तर रूपमा चौतर्फी आक्रमण हुने गरेको चौलागाईँको धारणा छ ।
रामेछाप: नेकपा एमाले पोलिटब्युरो सदस्य कमलप्रसाद चौलागाईँले हरेक पटक केपी ओली र नेकपा एमाले सत्तामा आउँदा असफल गराउनको लागि राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्तिहरूले वितण्डा मच्चाउने गरेका बताएका छन् ।
नेकपा एमाले रामेछापले मन्थलीमा गर्न लागेको प्रदर्शनको तयारीका छलफलमा बोल्दै चौलागाईँले राजावादी भनिनेहरूले शुक्रबार काठमाडौंमा मच्चाएको वितण्डा त्यसैको निरन्तरता भएको बताएका हुन् ।
एमाले र केपी ओलीले राष्ट्रको रक्षा, देशको स्वाधीनता, स्वाभिमान, विकास र समृद्धिका लागि काम गरेकै कारण निरन्तर रूपमा चौतर्फी आक्रमण हुने गरेको चौलागाईँको धारणा छ ।
केपी ओली सरकारमा आएदेखि नै फाल्नको लागि अनेक षडयन्त्र भएका उदाहरण चौलागाईँले दिए । ‘केपी ओलीलाई फाल्न सकिन्छ कि भनेर यो वितण्डा मच्चाइएको हो, यदि केपी ओली फालिने स्थिति आउने हो भने यो वितण्डा केही पनि हुँदैन’, उनले भने ।
केपी ओली र एमालेलाई सत्ताबाट फाल्न माओवादी र कांग्रेसलाई मिलाउने प्रयास पनि भएको चौलागाईँले सुनाए । केपी ओलीलाई सत्ताबाट फाल्न अहिले पनि अन्तर्राष्ट्रिय दबाब कायम नै रहेको उनले बताए । तर यी कुनै पनि षडयन्त्र सफल नहुने उनले स्पष्ट पारे ।
संविधान जारी गर्ने बेला र संविधान संशोधन गर्ने बेला जसरी देशका सबै राजनीतिक शक्तिलाई एक ठाउँमा ल्याउन एमाले सफल भयो अहिले पनि त्यसै गरी गणतन्त्रवादी शक्तिलाई एक ठाउँमा ल्याउन सफल हुने उनले दाबी गरे ।
‘हाम्रो लिडरसिपको जुन अब्बल भूमिका छ, त्यसमा हामीले ऐक्यबद्धता र साथ दिन जरुरी छ, अन्यथा ठूलो अन्तर्राष्ट्रिय षडयन्त्र छ’,उनले भने ।
पूर्वराजाको आन्दोलनको कमाण्डर रामेछापकै पूर्वपञ्च नवराज सुवेदी भएकाले पनि गणतन्त्र जोगाउन रामेछापवासीले विशेष भूमिका खेल्नुपर्नेमा उनले जोड दिए । ‘रामेछापलाई सिङ्गो देशले हेरिरहेका छ, रामेछापले के गर्छ भनेर, त्यसैले सबैभन्दा बढी रामेछापले गणतन्त्रको पक्षमा योगदान दिनुपर्छ’, उनले भने ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
त्रिशूली-३ आयोजनाको सुरुङको प्रवेशद्वार पत्ता लगाउने काम भइरहेको छ : नेपाली सेना
-
धादिङको चरौदी–घ्यालचोक झोलुङ्गे पुल बगायो
-
विपदमा सरकारलाई साथ दिन्छौं, केन्द्रले प्रदेश र स्थानीय तहसँग समन्वय गरोस्- गगन थापा
-
स्टारलिङ्कले भन्यो- अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन तयार छौं
-
बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।